हाइड्रोपावर बुलिस यात्रामा, चहलपहल बढ्नुको कारण यस्तो ? हेरौं आजको बजार बिश्लेषण
आर्थिक संवाददाता
असोज २०, २०७७ बुधबार ०:१०:१०
२० असोज, काठमाडाैं । आज शेयरबजारमा सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक ४ दशमलव १७ अंकले वृद्धि हुँदै १५८६ दशमलव २९ को विन्दुमा बन्द भएको छ । आज १९५ कम्पनीको शेयर कारोवार हुँदा २ अर्ब ५१ करोडको शेयर कारोवार भएको छ ।
आज पनि हाईड्रोपावर कम्पनीहरुलाई बजारलाई टेवा दिएको छ। हाईड्रोपावर उपसुचकमा सर्वाधिक ५ दशमलव १२ प्रतिशतको वृद्धि देखिएको छ । हाइड्रोपावरमा उछाल आउने क्रम जारी छ। आज सर्वाधिक कारोवार हुने ६ कम्पनी हाईड्रोपावर रहेका छन् । यसको अर्थ हाइड्रोपावरमा ठूला खेलाडीहरुपनि कारोवार गर्न थालेको अनुमान लगाउन सकिन्छ ।
नेप्से परिसूचक १५८८ दशमलव ०२ को विन्दुमा खुलेकोमा त्यही विन्दु नै उच्च विन्दु रहेको छ त्यस्तै बजारको न्यून विन्दु १५८१ दशमवल ७६ रहेको छ। बजारले ११ बजेर ४८ मिनेटमा सो विन्दु समातेको हो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६५०–१६७० । प्रतिरोध १ः १६०० । टेवा १ः १५४० । टेवा २ः १५००
केहि समय अघिदेखि गरिएको बिश्लेषण अनुसार यदि बजार १५७५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्क हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६०० को मनोबैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ, भनिएको थियो । विगत तीन कारोबार दिनदेखि बजार यो मनोबैज्ञानिक प्रतिरोध क्षेत्र नजिक रहेको देखिन्छ । विगत तीन दिनदेखिको मैनबत्तीहरुलाई समेटेर हेर्ने हो भने बजार अन्योल अवस्थामा रहेको देखिन्छ। परिमाण भने सामान्य अवस्थामा रहेको देखिन्छ ।
दैनिकी अवधिमा “आरएसआई” ६८ दशमलब ८० को बिन्दुमा छ । यसको प्रवृत्तिले हालसम्म बजार सकारात्मक क्षेत्रमा रहेको जानकारी गरेको छ।
“एडिएक्स” सामान्य रहे पनि जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आज बजारमा क्रेताको चाप रहेको जानकारी गराएको छ।
“अन ब्यालेन्स भल्यूम” ले बजारमा माग बढी रहेको जानकारी गराएको छ। समग्रमा बजारको प्रवृत्ति सकारात्मक रहेको र यदि बजार १६०५ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्क हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६५० देखि १६७० को क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १५४० भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने संकेत गर्नुका साथै अर्कोे तत्कालिन टेवा १५०० को क्षेत्रमा रहेको देखिन्छ ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार