डा. केसीकाे मागहरु सम्वोधन गर्न प्रधानमन्त्री ओलीकाे चासो
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार ३:१६:९
२० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.गोविन्द केसी अनसन बसेको २३ दिनपछि उनका मागहरु सम्वोधन गर्न चासो देखाएका छन् । मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको जवाफ दिएका हुन् ।
डा.केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा सरकारले गरेका केही सम्झौता कार्यान्वयन भएको र केही कार्यान्वयनका क्रममा रहेको र ती कार्यान्वयन हुँदै जाने जानकारी दिए। बैठकपछि पत्रकारसँग कुरा गर्दै नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रवेश नै नपाएकाे बताएका छन ।
मंगलबार नै सरकारकातर्फबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जनाको टोलीले डा। केसीलाई भेटेर अनशन स्थगित गर्न आग्रह गरेका थियो । सचिवालय बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल सुरु भएको पनि प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार बैठकमा सांगठनिक एकीकरणका बाँकी कामका विषयमा पनि छलफल भएको थियो । प्रवक्ता श्रेष्ठले छिट्टै अध्यक्षद्वयले अन्य सबै एजेण्डामा छलफल गरेर अर्को बैठक बोलाउने पनि बताए ।
वरिष्ठ नेता झलनाथ खनालका अनुसार सांस्कृतिक विचलनको कारण देखाउँदै दुई वर्षअघि पार्टी र सुदूरपश्चिम सरकारबाट बर्खास्तीमा परेका दीर्घ सोडारीको कारबाही फुकुवा गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो । सोढारीलाई गरिएको कारबाही दुई वर्ष पछि स्वतः समाप्त भइसकेको भएपनि त्यसलाई फुकुवा गर्नुपर्छ भन्नेबारे केहीबेर छलफल भएको पनि खनालले बताए ।
उनका अनुसार सोडारीले पार्टीलाई लेखेको पत्र सबै सदस्यहरुलाई बाँडिएको थियो । त्यो पत्र पढेर उनकोबारे अर्को बैठकले निर्णय गर्ने नेता खनालले बताए । नेता खनालले सरकारले डा।केसीसँग वार्ता गर्न र उनको ज्यानको सुरक्षा गर्न सुझाव दिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
भिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार