ब्ल्याक होलको अनुसन्धानका लागि तीन भौतिक शास्त्री पुरस्कृत
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार ३:३३:१३
२० असोज, काठमाडौं । ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरिएको छ। रोजर पेन्रोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पारेका हुन्। उक्त पुरस्कारको रकम एक करोड क्रोनर छ।
यूकेमा जन्मिएका पेन्रोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए। गेन्जेल र गेजले हाम्रो आकाशङ्गाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए।
सोमवार चिकित्सा विज्ञानतर्फ तीन विजेताको नाम घोषणा भएको थियो। ब्रह्माण्डबारे गरिएका अनुसन्धानहरूका लागि गत वर्ष तीन वैज्ञानिकले संयुक्त रूपमा भौतिक शास्त्रमा उक्त पुरस्कार पाएका थिए। जेम्स पीबल्सलाई ब्रह्माण्डको क्रमविकास तथा मिशल मेयर र डिडिएर क्वेलोजलाई सूर्यजस्तो एउटा तारानजिक भएको एउटा ग्रह पत्ता लगाएकाले उक्त पुरस्कार दिइएको थियाे ।
ब्ल्याक होल के हो ?
- ब्ल्याक होल अर्थात् कृष्णगर्त अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ सबै पदार्थ आफैँ विलीन हुन्छ
- त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि कुनै पनि वस्तु वा प्रकाश बाहिर निस्किन सक्दैन
- केही ठूला ताराहरू विस्फोटन भएर मृत भएपछि ब्ल्याक होलको उत्पत्ति हुन्छ
- केही ब्ल्याक होल यति स्थूलकाय हुन्छन् कि तिनको पिण्ड हाम्रो सूर्यको भन्दा अर्बौँ गुना बढी हुन्छ
- ती कसरी आकाशगङ्गाको बीचमा बन्छन् भन्ने थाहा हुन सकेको छैन
- तिनले आफूवरिपरि पार्ने प्रभावका आधारमा ब्ल्याक होल पत्ता लगाउने गरिएको छ
- तिनले एकअर्कालाई परिक्रमा गर्दा गुरुत्वीय तरङ्गहरू उत्पन्न हुन्छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार