भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १३:२८:२५
२१ असोज दमौली । तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको संक्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।
भीमाद नगरपालिका–६ मा मंगलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो । यसअगाडि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरका व्यक्तिको स्वाब सङ्कलन गरेको थियो । कोरोना पुष्टि हुनेमध्ये एक वर्कसप, एक कपाल काट्ने व्यक्ति, एक सिलाइकटाई व्यवसायी र एक जना किराना पसल व्यवसायी छन् ।
व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएनन्
तनहुँको व्यास नगरपालिकाभित्रका व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको छ । कोरोना जोखिम बढ्दै जाँदा पनि व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको व्यास नगरपालिकाले जनाएको छ । व्यवसायीले पसलमा मूल्यसूची नराखेको, बिनादर्ता पसल सञ्चालन गरेको, फुटपाथमा सामान राखी पैदलयात्रुको आवागमनमा अवरोध पुर्याएको व्यास नगरपालिकाले जनाएको छ ।
त्यस्तै बिक्री गर्ने सामानमा उत्पादन मिति र उपभोग्य मिति नभएको सामान बिक्री गरेको, खरिद गरेको मूल्यभन्दा ३०० प्रतिशत बढीसम्म नाफा खाएर सामान बिक्री गरेको, व्यापारिक अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक सामान बिक्री गरेको नगरपालिकाले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले सबै मापदण्ड अनिवार्यरूपमा पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन व्यवसायीलाई सचेत गराएकोÞ छ ।
उत्पादन वृद्धि गर्न माटो परीक्षण
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का जनप्रतिनिधिले सुविधावापत प्राप्त गर्ने रकमले माटो परीक्षण गर्ने उपकरण खरिद गरेका छन् । उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले आफूले पाउने तलब सुविधाबाट माटो परीक्षण उपकरण खरिद गरेका हुन । वडाभित्रका खेतीयोग्य जमिनको माटो परीक्षण गरी उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले रु २५ हजारको लागतमा माटो परीक्षण उपकरण खरिद गरिएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।
वडाभित्र नै दक्ष जनशक्ति तयार गरी बाह्रै महिना माटो परीक्षण एवं माटोसम्बन्धी परामर्श सेवा दिन दुई कृषकलाई दक्ष बनाइने उनले जानकारी दिए। “दुई कृषकलाई माटो परीक्षण तालिममा पठाउँछौँ, तालिम लिएर आएपछि उहाँहरुले वडाबाट बाह्रै महिना माटो परीक्षण र परामर्श सेवा दिने छन् ”, रेग्मीले भने ।
वडा कार्यालयले भरतपुरस्थित मातृभूमि कृषि सामग्री उद्योगको सहयोगमा माटो व्यवस्थापन तालिम एवं माटो परीक्षण सम्पन्न गरेको छ । वडाभित्रका विभिन्न ३० स्थानको माटो परीक्षण गर्दा माटोको गुणस्तर योग्य देखिएको छ । “पहिलो चरणमा आलुखेती हुने ठाउँको माटो परीक्षण गर्यौँ, उक्त माटो आलुखेतीका लागि योग्य देखिएको छ”, उनले भने, “क्रमशः अन्य ठाउँका पनि माटो परीक्षण गर्छौँ ।”
वडाभित्र १० हेक्टर जमिन रहेकामा चार हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ । अहिले धानको सिजन भएकाले बाँकी ठाउँको माटो परीक्षण गर्न नसकिएको रेग्मीले जानकारी दिए। “माटो परीक्षणले कुन ठाउँको माटो कस्तो छ र त्यहाँ कस्तो खेती गर्ने भन्नेबारेमा पत्ता लगाउन सहज हुनेछ”, उनले भने, “माटो परीक्षणकै आधारमा कहाँ–कहाँ कुन खेती गर्ने भन्नेबारेमा कृषकलाई सुझाव दिनेछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार