काेराेना कहरमै राष्ट्रिय परिचयपत्र विवरण धमाधम संकलन
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १५:३९:५५
२१ असोज बैतडी । बैतडीमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम धमाधम भइरहेको छ । राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ४४ जनाको विवरण संकलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा जारी विवरण संकलन कार्य असोज २ गतेदेखि शुरु भएको थियो । दशरथथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले फोटो खिचेर आफ्नो विवरण दिएर उक्त कार्यको शुभारम्भ गरेका थिए । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयं तथा सक्कलै नागरिकता र बुवाआमाको पनि सक्कलै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र पनि सक्कलै लिएर आउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । “लगत संकलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ”, उनले भने, “नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरि राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।”
राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेकाले विवरण संकलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जिल्लावासीलाई आग्रह गरे । उनले भने, “प्रमुख जिल्ला अधिकारी जोशीले बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको परिचयपत्र भएपछि अन्य सरकारी परिचयपत्र साथमा राख्नुपर्ने झन्झट हुँदैन ।”
दश अंकको नम्बर रहेको परिचयपत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुवाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानालगायतसमेत उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् । पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण संकलनको काम जारी रहेको र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै संकलन कार्य शुरु हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार