शोकमा महानगरपालिका एक दिनका लागि बन्द
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १८:३०:५६
२१ असोज, भरतपुर । चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।
महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले स्व पियाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
पियाले तत्कालीन नारायणगढ गाउँ पञ्चायतका प्रधानपञ्च, २०४२ सालमा भरतपुर नगरपालिकाको जनपक्षीय नगर प्रमुख र २०५४ मा भरतपुर नगर प्रमुखका रूपमा निर्वाचित भई भरतपुरको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार