सबैभन्दा सुगम भनिएको वाग्मति प्रदेशमै मोटरबाटो छैन्, यात्रुलाई सास्ती !
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार २०:३७:१५
२१ असोज, वाग्मति । वाग्मती प्रदेशमा रहेका मोटरबाटो नपुगेका दुई गाउँपालिकामध्ये एकमा मोटरबाटो पुगेको छ । सडक सञ्जालले नछोएको प्रदेशको अतिविकट काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्ने मोटरबाटो पुगेको हो । मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रमअन्तर्गत सडक निर्माण भएको जनाइएको छ ।
हरेक गाउँपालिकाको केन्द्रलाई नजिकको राजमार्गसँग कालोपत्र सडकले जोड्ने कार्यक्रमअन्तर्गत सडक सञ्जालले नछोएका क्षेत्रलाई सडकले जोड्ने सडक पुगेका ठाउँका सडक स्तरोन्नति गर्ने र गाउँपालिकाको केन्द्रबाट नजिकको राजमार्गसम्म पक्की सडक बनाउने प्रदेश सरकारको योजना रहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए ।
प्रदेशको विकट गाउँपालिकामध्ये धादिङको रुविभ्याली र काभ्रेको महाभारत गाउँपालिकाको केन्द्रसँग अहिलेसम्म सडक सञ्जालले जोडिएको थिएन । “अब महाभारत गाउँपालिकाको केन्द्र जोड्ने तीनखुट्टे–देविटार सडक ट्रयाक मङ्गलबारबाट खुलेको छ”, मन्त्री फुयाँलले भने ।
यसैगरी रुविभ्याली गाउँपालिकाको केन्द्रबाट नजिकैको कालोपत्र सडकसम्म जोड्नका लागि निर्माण कार्य अगाडि बढिसकेको उहाँले जानकारी दिए । मन्त्री फुयाँलले अन्य विभिन्न १४ वटा पालिकाको केन्द्रसम्म वर्षको बाह्रै महिना निर्वाधरुपमा सवारीसाधन सञ्चालन गर्नका लागि कालोपत्र गर्ने कार्य अगाडि बढाइएको बताए ।
उनले प्रदेशका कुनै पनि क्षेत्रलाई विकट क्षेत्रका रुपमा नछोडिने बताउनुभयो । अब ती क्षेत्रलाई सडक सञ्जालका मध्यमबाट जोडेर सिँचाइ, पर्यटन, कृषिलगायत विकासका अन्य पूर्वाधारसमेत तयार पार्न सरकारले पूर्णरुपमा सहयोग गर्ने उनको भनाइ थियो ।
जनताले प्राप्त गर्ने सेवासुविधाका हिसाबले गाउँ र शहरबीच भिन्नता हुनु नहुने उनले बताए । मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहेको प्रदेश सरकार त्यसकै लागि लागिपरेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार