प्रधानमन्त्री ओलीलाई कांग्रेसको प्रश्न : डा.केसीसँग वार्ता नगरेर कात्रो पठाउने हो ?
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार २०:५२:४९
२१ असोज, काठमाडौँ । नेपाली कांग्रेसले डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गर्दा सरकार गैरजिम्मेवार बनेकोप्रति आपत्ति जनाएको छ ।
२४ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीका मागप्रति सरकार उदासिन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘डा केसीसँग कुरै नगरी बरु कात्रो पठाउने तयारी हो ?’ भनेर प्रश्न गरेको छ। कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीसँग वार्ता नगर्ने ओलीको अहंकार महँगो पर्ने चेतावनी पनि दिएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू। हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’मा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’
अनशन सुरु गरेको २४ दिन पुग्दा पनि सरकारले वार्ता टोलीसमेत गठन नगरेको भन्दै कांग्रेसले शान्तिपूर्ण सत्याग्रहलाई सुन्नसमेत अस्वीकार गर्नु लोकतान्त्रिक चरित्र नभएको बताएको छ ।
यसले कम्युनिष्टतन्त्रको मनोविज्ञानलाई पुष्टि गरेको कांग्रेसको आरोप छ। भदौ २९ गतेदेखि डा.केसीले अनशन जारी राख्दा अहिलेसम्म सरकारले वार्ता समिति समेत गठन गरेको छ । हिजो अनसनको २३ औँ दिनका दिन शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जना अधिकारी शिक्षण अस्पताल पुगेर डा.केसीलाई अनसन स्थगित गर्न आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार