हाइड्रोपावरमय भयो शेयरबजार, बजारको प्राविधिक बिश्लेषणले के देखायो ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
असोज २१, २०७७ बुधबार २३:०:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-3_TBmhbWr4W7.png)
२१ असोज, काठमाडाैं । नेप्से परिसूचक १६०० को मनोवैज्ञानिक र प्राविधिक प्रतिरोध क्षेत्रभन्दा माथि बस्न सफल भएको छ । विगत लामो समयदेखि सो विन्दुलाई तोड्न नसकेको शेयरबजारले आज भने १४ दशमलव ६८ अंकले वृद्धि हुँदै १६०० दशमलव ९७ को विन्दुमा बन्द भएको छ ।
आज १९५ कम्पनीको शेयर कारोवार हुँदा ३ अर्ब ३५ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम पनि वृद्धि भएको छ। बजार वृद्धि हुँदा कारोवार रकम वृद्धि हुनुलाई सकारात्मक प्रवित्तिको रुपमा लिन सकिन्छ।
बजारले यही विन्दुबाट माथिल्लो दिशा समात्न खोजेमा त्यसपश्चात तत्कालिन प्रतिरोध १६५० देखि १६७० को क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ।
आज पनि हाईड्रोपावर कम्पनीहरुले बजारलाई राम्रो टेवा दिएको देखिन्छ। हाईड्रोपावर उपसुचकमा सर्वाधिक ५ दशमलव ५४ प्रतिशतको वृद्धि देखिएको छ । हाइड्रोपावरमा उछाल आउने क्रम जारी छ।
आज सर्वाधिक कारोवार हुने कम्पनीहरुको सूचीमा र कमाउने कम्पनीहरुको सूचीमा समेत हाईड्रोपावर कम्पनीको बाहुल्यता रहेको छ। यसको अर्थ अब ठूला खेलाडीहरुले पनि हाईड्रोपावर तिर आफ्नो ध्यान केन्द्रित गरेको प्रस्ट देख्न सकिन्छ ।
नेप्से परिसूचक १५९३ दशमलव ०५ को विन्दुमा खुलेकोमा २ बजेर १६ मिनेटमा १६०२ दशमलव १५को उच्च विन्दु सम्म पुगेको थियो र केही घट्न खोजे पनि त्यही विन्दुको वरीपरी अन्त्यमा बजार बन्द भएको छ । त्यस्तै बजारको न्यून विन्दु १५८७ दशमवल ६० रहेको छ । बजारले ११ बजेर ०७ मिनेटमा सो विन्दु समातेको हो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६५०–१६७० । प्रतिरोध १ः १६०० । टेवा १ः १५४० । टेवा २ः १५००
✍केहि समय अघिदेखि गरिएको बिश्लेषण अनुसार यदि बजार १५७५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्क हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६०० को मनोबैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो । आज बजारले यो मनोबैज्ञानिक प्रतिरोध क्षेत्रलाई परिक्षण गरेको छ । विगत चार दिनदेखिको मैनबत्तीहरुलाई समेटेर हेर्ने हो भने बजारमा क्रेता हावी हुन थालेको देखिन्छ ।
✍ दैनिकी अवधिमा “आरएसआई” ७१ दशमलब ८८ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजारमा शेयर बढी खरिद हुन थालेको जानकारी गरेको छ।
✍“एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा क्रेताको चाप रहेको जानकारी गराएको छ।
✍ “अन ब्यालेन्स भल्यूम” ले बजारमा माग बढी रहेको जानकारी गराएको छ।
✍ समग्रमा बजारको प्रवृत्ति सकारात्मक रहेको र यदि बजार १६०५ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्क हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६५० देखि १६७० को क्षेत्रमा रहेको देखिन्छ । तत्कालिन टेवा १५४० को क्षेत्रमा रहेको रहेको देखिन्छ ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार