अबैध हतियारमा स्याङ्जा प्रहरीको निगरानी, भरुवा बन्दुकसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २१, २०७७ बिहिबार ०:३२:१९
२१ असोज, स्याङ्जा । अबैध रुपमा हातहतियार राख्ने विरुद्ध स्याङ्जा प्रहरीले स्ट्रिङ अपरेसन चलाएको छ । कोभिड १९ को मौकामा प्रहरी प्रशासन शान्तिसुरक्षा तथा संक्रमण न्युनिकरण गर्न खटिरहेका बेला अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै प्रहरीले स्ट्रिङ अपरेशन चलाएको हो ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैध हातहतियार राख्नेतर्फ निगरानी बढाएको छ । प्रहरीले चलाएको स्ट्रिङ अपरेसनमा अबैध हतियार राख्ने दुईजनालाई पक्राउ परेका छन् । भरुवा बन्दुकसहित प्रहरीले पुतलीबजार नगरपालिका ६ बस्ने ६६ बर्षका थमन गुरुङ् र २० बर्षका सुजन गुरुङ्लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
थमन गुरुङको साथबाट एकथान अबैध भरुवा बन्दुक, भरुवा बन्दुकको नाल एक थान, बारुद थान १४५ ग्राम, टिनको स—साना पाता ११ वटा, केप ५ थान, काँचो सिसा १५६ वटा नियन्त्रणमा लिईएको प्रवक्ता नायव उपरीक्षक अधिकारीले बताए । त्यस्तै सुजन गुरुङको साथबाट एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जनालाई जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । चाडवाड नजिकिदै गर्दा शान्तिसुरक्षामा कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका जिल्ला प्रहरी प्रमुख होविन्द्र वोगटीले सुरक्षा गस्ती बढाएको बताएका थिए ।
सुरक्षा गस्ती बढाएसँगै अबैध हतियार राख्ने व्यक्ति प्रकाउ परेका हुन् । अदालतले सजाय तोकेका फरार अभियुक्त धमाधम पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले सामाजिक, आर्थिक, भौतिक, प्राकृतिक लगायतका बिषयमा खलल् पु¥याउने व्यक्तिलाई नछाड्ने अडानका साथ अगाडी बढेको देखिन्छ ।
प्रवक्ता अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट अनुमति नलिएका र नविकरण नगरी अबैध रुपमा राखिएका आर्थिक बर्ष २०७७/०७८ को साउनदेखि असोज सम्म ८ नाल भरुवा बन्दुक र ६ जनालाई पक्राउ गरिएको छ । अबैध रुपमा अझै धेरै संख्यामा हतियार रहेको प्रहरीले आशंका गरेको छ । तिब्र रुपमा गस्ति बढाएको प्रहरीले अबैध धन्दामा जोसुकै परेपनि नछाड्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार