काठमाडौंमै ७ बर्षीया बालिकामाथि बलात्कार !
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार १७:३२:३०
२२ असोज, काठमाडौं । देशको राजधानी काठमाडौं मै ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । बाग्मती करिडोरमा बलात्कार प्रयास गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका ४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक हुन् ।
बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका ३२ महादेवस्थानस्थित बाग्मती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भएको स्थानीयको आरोप छ ।
स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरेका थिए । बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
बालिकालाई फकाएर करिडोर छेउमा लिएर बलात्कार गर्ने योजना उनको रहेको अनुमान छ । यद्यपि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार