जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, चालकको घरमा आगजनी !
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार २१:६:४६
२२ असोज, काठमाडौं । जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जीप दुर्घटनामा बेपत्ता भएका अर्का एक जनाको शव भेटिएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो । यसअघि हिजो घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा वडाध्यक्ष पनि छन् ।
जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जान लागेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृती बहादुर शाही, जुनीचाँदे गाउँपालिका ५ की मालिका बस्नेत, कृष्ण बहादुर शाही, खिम बहादुर शाही र छेडागाड नगरपालिका ५ का कर्ण बहादुर शाही हुन् । मृत्यु हुनेमा दुई जना स्वास्थ्यकर्मी पनि छन् ।
दुर्घटनामा बेपत्ता भएका जुनीचाँदे गाउँपालिका ११ का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएको हो । उनका बुवा नरबहादुर बुढा भने गम्भिर घाइते भएका थिए । उनको सुर्खेतको देउती अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
जीप चालकको घरमा पनि आगजनी
जीप चालक गोरखबहादुर बस्नेत भने अहिलेसम्म पनि बेपत्ता छन् । उनी बेपत्ता रहेकाले फरार भनिएको छ । अहिलेसम्म उनको मृत्यु भएको कुनै प्रमाण भेटिएको छैन् । पीडितका आफन्तले उनको पसल र घरमा आगजनी गरिदिएका छन् ।
चालक बस्नेतको लापरवाहीले जीप दुर्घटना भएको भन्दै उनीहरुले घर र पसलमा आगजनी गरिदिएका हुन् । साथै सो भीर मापदण्ड विपरित भएको र दुर्घटना निम्त्याईरहने ठाउँ भएकाले समस्या समाधान नहुँदासम्म लास नबुझ्ने आफन्तले बताएका छन् ।
उनीहरुले अहिलेसम्म घटनास्थलबाट शव समेत उठाउन दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो
जेठ १५, २०८१ मंगलबार
मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा २३ घरमा लुटपाट
जेठ १४, २०८१ सोमबार
कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित
जेठ १३, २०८१ आइतबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल
जेठ १६, २०८१ बुधबार
मधेस प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन पेस
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको शहर
जेठ १६, २०८१ बुधबार