लोकतन्त्रको खोल ओढेको निरंकुश ओली सरकार : कांग्रेस नेता केसी
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार २३:३८:४५
२२ असोज, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको खोल ओढेकाे प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै खराब सरकार भएको टिप्पणी गरेका छन् ।
डा.गोविन्द केसीको अनशनलाई बेवास्ता गरेर ओली सरकार दम्भी र निरंकुश बनेको पनि केसीको टिप्पणी छ । बाँदरले रक्सी पिएको, बिच्छीले डसेको र त्यसमाथि पनि भूत वा दानवी शक्ति सवार भएपछि खराबै मात्र गर्ने भन्दै नेता केसीले ओली सरकारले पनि अहिले जताततै खराब काम मात्रै गरिरहेको बताएका छन् ।
अर्थात ‘बाँदरले रक्सी पिएको, बिच्छीले डसेको त्यसमाथि भूत वा दानवी शक्ति सवार भएपछि खराबै मात्र गर्छ भनेझै वर्तमान दम्भी र चरम निरंकुश सरकार लोकतन्त्रको खोल ओढेर सत्याग्राही डा.केसी र आम जनमतलाई खिल्ली नउडाउ । तत्काल उच्चस्तरीय संवाद गरी डा. केसीको माग सम्बोधन गर’ सामाजिक सञ्जालमा नेता केसीले भनेका छन् ।
नेता केसीले जनताको माग सम्बोधन नगर्ने र अनसनरत डा.केसीलाई मृत्युको मुखमा पुर्याउने ओली सरकारको कामले महंगो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् । अन्यथा यसबाट श्रृजित गम्भीर परिणामको जिम्मा केवल नेकपा सरकार मात्र हुने उनले उल्छलेख गरेका छन् ।
“न कूपखननं युक्तं प्रदीप्त वान्हिना गृहे” घरमा आगो लागिसकेपछि कुवा खन्नु मूर्खताको पराकाष्टा हो । वर्तमान कम्युनिस्ट सरकार निर्ममता, निरंकुशता, भ्रष्टाचार र अहंकारको गर्तमा डुबेको छ । तत्काल डा.केसीलाई सम्बोधन गर्दै जीवन रक्षा गर,अन्यथा यसको भयावह परिणामको जिम्मा केवल प्रम ओलीको हुनेछ । नेता केसीले भनेका छन् ।
साथै नेता केसीले कोरोना महामारीमा सरकारले कुनै गतिलो योजनाका साथ काम नगरेले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।
पछिल्लो समय दैनिक संक्रमित बढिरहदा सरकार कानमा तेल हालेर बसेको भन्दै उनले सरकारबाट भरपर्नुको साटो आफ्नो सुरक्षा आफै गर्नु उत्तम हुने सुझाव दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार