काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै २५४० जनामा संक्रमण पुष्टि
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार २३:४२:६
२२ असोज, काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । जसमध्ये काठमाडौंमा २ हजार ८५ जना संक्रमित छन् । त्यसमध्ये काठमाडौंमा ७९९ महिला र एक हजार २८६ पुरुष छन् । यस्तै ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना छन् ।
पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा मात्र करिब दुई तिहाई संक्रमित पहिचान भएका छन। बागमती प्रदेशमा दुई हजार ८३९ जना मा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। जुन ६५ प्रतिशत हो।
बागमतीका १२ जिल्लामा संक्रमण पुष्टि हुँदा मकवानपुरमा १०५, धादिङमा ७१ र चितवनमा ६९ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश १ का १४ वटै जिल्लामा कोभिड १९ का संक्रमितहरु पहिचान भएका छन्। प्रदेश १ मा ५९३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा २४९ र सुरनसरीमा २१४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै लुम्विनी प्रदेशका ११ जिल्लामा कोभिड १९ का संक्रमित पहिचान भएका छन्। जसमध्ये रुपन्देही जिल्लामा १९९ जना छन्। त्यस्तै बाँकेमा ५७ र दाङमा ५५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै प्रदेश २ मा १६५, कर्णालीमा १३७ र सुदुरपश्चिममा ११६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै गण्डकी प्रदेशमा ९७ जनामा संक्रमण पुष्टि भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार