चाडबाड नजिकीएसँगै बजार अनुगमनमा तीव्रता
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार २३:५४:३५
२२ असोज, डोटी । दशैँ तिहारजस्ता चाड पर्व नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, राजपुर, सिलगढी, गोपघाट, बीपीनगर तथा बुडरका बजारमा सरसामान किन्ने स्थानीयवासीको एकाएक चहल पहल बढ्न थालेको छ ।
कोरोनाका कारण लामो समयदेखि बन्द रहेका यहाँका बजार, उद्योग तथा होटेल अहिले पूर्णरुपमा सञ्चालनमा आएका छन् । यसै सिलसिलामा दशैँ तिहारका लागि बजारमा स्थानीयवासीको सरसामान किन्नेको भीड लाग्न थालेपछि जिल्लाको सबैभन्दा पुरानो स्थानीय तह दिपायल सिलगढी नगरपालिकाका विभिन्न बजारमा पछिल्लो समय बजार अनुगमनलाई तीव्र पारिएको छ ।
अनुगमनलाई निकै प्राथमिकतामा राखेर प्रायः दैनिक रुपमा बजार अनुगमन गरिन् थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढीले जनाएको छ ।
यहाँका प्रमुख व्यापारी केन्द्रमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी तथा दिपायल सिलगढी नगरपालिकाको संयुक्त आयोजनामा खाद्य वस्तुको विक्री वितरण तथा गुणस्तर र म्याद भएको नभएको बारे अनुगमन गरिन् थालिएको हो ।
अनुगमन समितिले जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को सिलगढी, पिपल्ला, दिपायल र राजपुर बजारमा रहेका सप्लायर्स पसल, किराना, तरकारी तथा मिठाइ पसलमा अनुगमन गर्न थालेको दिपायल सिलगढी नगरपालिकाका नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक शिवराज खड्काले जानकारी दिए ।
नागरिकको मागअनुसार जिल्लामा चाडबाडको समयमा कालोबजारी र मूल्य वृद्धि नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको र अनुगमन कार्यलाई निरन्तरता दिइने नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक खड्काले बताए ।
जिल्लाका प्रमुख बजारमा प्रायः चाडबाडको समयमा अखाद्य वस्तु विक्री वितरण हुने गरेको पटकपटक पाइएकाले सम्बन्धित निकायले नियमित अनुगमन गर्न आवश्यक रहेको दिपायल पिपल्लाका स्थानीयवासी मोहनबहादुर पातलीले बताए । जिल्लामा वर्षको एक पटक दशैँ तिहारको समयमा मात्रै अनुगमन हुने भएकाले त्यसो नगर्न पनि यहाँका स्थानीयवासीले अनुगमन समितिलाई सुझाव दिँदै आएका छन् ।
नागरिकको स्वास्थ्य सुरक्षामा व्यापारीहरु निकै सचेत भएकाले अहिले यहाँका बजारमा खासै अखाद्य वस्तु विक्री वितरण नहुने गरेको आफूले अनुगमनका क्रममा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताए ।
गएको वर्ष भदौ महिनामा गरिएको अनुगमनमा जिल्लाको पिपल्ला बजारबाट मात्रै रु २५ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको थियो । जिल्लामा अखाद्य वस्तु विक्री वितरण गर्ने कुनै पनि व्यापारीलाई हालसम्म कारवाही नभएका कारण पनि अखाद्य वस्तु विक्री वितरणले प्रश्रय पाउँदै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार