नेकपा गल्याङमा पहिरो, १५१ सदस्य नेपाली कांग्रेसमा प्रवेश
नेपालबहस संवाददाता
असोज २२, २०७७ शुक्रबार १:३७:३२
२२ असोज, स्याङ्जा । गल्याङ नगरपालिका वडा न ११ साविक तुलसीभन्ज्याङ गाविसका १५१ जना युवाहरु सत्तारुढ नेकपा परित्याग गरि आज एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय सरकारको नेतृत्व गरेको नेकपाले चरम भ्रष्टाचार गरेको भन्दै नेपाली कांग्रेसमा प्रवेश गर्नेको लर्को लागेको छ । नेकपा सरकारको निरंकुश रबैया विरुद्ध एकसय एकाउन्न नेकपा कार्यकर्ताले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
जनताको पार्टी नेपाली कांग्रेस भएको र यो देशको समृद्धिको लागि नेपाली कांग्रेसको अपरिहार्यता रहेको हुदाँ आफुहरु कांग्रेस प्रवेश गरेको नवप्रवेशी कृष्ण भट्टराईले मन्तव्यका क्रममा बताए । साथै गलत गर्ने नेकपाका नेताहरुले गलत काम गरे भने त्यसलाई गलत समेत भन्न नपाइने पार्टीको आन्तरिक नीतिले लोकतन्त्रलाई समेत गिज्याईरहेको उनको भनाई थियो ।
उनीहरुले बोल्ने स्वतन्त्रता समेत नभएको पार्टीमा बसेर देशमा कुनै परिवर्तन नहुने भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् । भाषण राम्रै गरेअनुसार परिवर्तन पनि नेकपाले गर्ला भनेर नेकपाको समर्थन गरिए पनि बुझ्दै जाँदा बोल्ने अधिकार समेत नभएको पार्टीमा आएकोमा पछुतो लागेको उनीहरुले दावी गरेका थिए ।
उनीहरुलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, कांग्रेस नेता लालगोपाल अर्याल, छवि गाहा, राजेन्द्र भट्टराई, डोलराज खनालको पहलमा पार्टी प्रवेश गराइएको स्थानीय नेता सुदीप गाहाले बताएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले नेकपा एमाले र माओवादीले नाम फेरेर नेकपाको नामबाट राज्यको ब्रह्मलुट गरेको आरोप लगाए । उनले नेकपाको ब्रम्हलुट बिरुद्ध सबै आ-आफ्नो स्थानबाट जागरुक हुनुपर्ने बेला आएको बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, गल्याङ नगरसभापति श्याम बस्याल, नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, पुर्व जिविस उपसभापति लालगोपाल अर्याल , स्थानीय तरुण नेता छवि गाहा लगाएयतले ती युवाहरुलाई स्वागत गर्दै आफुहरु जस्तोसुकै परिस्थितिमा पनि नवप्रवेशीहरुलाई साथ दिने बताए ।
नेकपाको नेतृत्वको स्थानीय सरकार रहेको गल्याङ नगरपालिकामा नेपाली कांग्रेस प्रवेश गर्नेहरु वडा न ११ का हुन जुन मेयर भुपराज अधिकारीको वडा समेत रहेको छ । नेपाली कांग्रेस वडा सचिव बिष्णु अधिकारिको स्वागत र उपसभापति नारायण ज्ञावालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव राजेन्द्र भट्टराईले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार