प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीद्धारा अनुसन्धान शुरु
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १४:५४:३५
२३ असोज, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनास्थलको निरीक्षण, उनीसँगै गएका र घटनास्थलमा भएकासँग सोधपुछ, चिकित्सकको रिपोर्टलाई आधार बनाएर अनुसन्धान शुरु गरेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए । “अस्पतालको रिपोर्टका आधार शरीरमा कसरी चोट लाग्यो भने अनुसन्धान अघि बढाउन भिसेरा परीक्षण गर्न पठाएका छौँ”, उनले भने, “दुर्घटना भएर लडेर अथवा कुटपिट के कारणले शरीरमा चोट लाग्यो भन्ने विषयमा घटनास्थलमा भएकाहरुसँग सोधपुछ गरिएको छ ।”
बिहीबारसहित तेस्रोपटक प्रहरी टोली घटनास्थल रुप्से पुगेको छ । प्रहरी नायब उपरीक्षक कुँवर आफैँ घटनास्थल पुगेका छन् । अस्पतालका अनुसार सिंजालीको दायाँ र बायाँका दुईरदुई वटा करङ भाचिएको, शरीरमा निलडाम भएको, फोक्सोमा पानी जमेको र टाउकोमा गहिरो चोट लागेको थियो । बेहोस अवस्थामा उनलाई असोज ७ गते बेगखोला स्वास्थ्यचौकी, बेनी अस्पताल हुँदै पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । प्रतापसँगै भएका तीन जना, रुइसेमा भनाभन भएका मल्लाजका युवा र रुइसेका रेष्टुरेष्ट सञ्चालकदेखि त्यस दिन त्यहाँ भएका सबै अनुसन्धानमा तानिएका छन् ।
प्रताप लकडाउन हुनुभन्दा केही समयअघि विदेशबाट छुट्टीमा गाउँमा आएका थिए । घरमा उनका बुवाआमा, भाइ र बहिनी छन् । सामान्य आर्थिक हैसियत भएका सिंजाली परिवार प्रतापको आम्दानीमा निर्भर थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
ट्याखोलामा निर्माण गरिएको झोलुङ्गे पुल
कात्तिक १६, २०८१ शुक्रबार
मैतीदेवी मन्दिरमा भक्तजन
कात्तिक १६, २०८१ शुक्रबार
भाइटीका फूल किन्दै स्थानीय बासिन्दा
कात्तिक १६, २०८१ शुक्रबार
‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
सांस्कृतिक पर्वका रुपमा किन मनाइन्छ तिहार ?
कात्तिक १६, २०८१ शुक्रबार