महिना दिनसम्म टेलिफोन सेवा गायव, जनप्रतिनिधिको आग्रह बेवास्ता
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १६:५४:१२
२३ असोज, जाजरकोट । स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका छन्, तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन बिात्दासम्म सञ्चालन हुनसकेको छैन ।
जिल्ला समन्वय समिति जाजरकोटले सातै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका मताहातमा रहेका कार्यालयको प्रगति समीक्षामा समेत टेलिफोन सेवाकै मुद्दा प्रमुख बनाएर कुरा उठ्यो । समीक्षा कार्यक्रमबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा अन्य सांसदले समेत फोनमा आएको समस्याका विषयमा टेलिकमको सबै तहका प्रमुखलाई फोन गरेर तत्काल समस्या समाधान गर्न आग्रह गरे ।
आग्रह गरेको हप्ता दिन बितिसक्दासम्म महिना दिनअघि अवरुद्ध भएको फोन सेवा अझै सञ्चालन हुनसकेको छैन । पूर्वी जाजरकोटका नलगाड नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिकालाई लक्ष्य गरी घेत्ममा रहेको स्काइ प्राविधिको टावरले काम नगरेको महिना दिन बित्यो । त्यस्तै बारेकोट गाउँपालिकालाई लक्ष्य गरी रतनकोटमा रहेको टेलिफोन टावर पनि बन्द भएको महिना दिन बित्यो । पश्चिम जाजरकोटको कुशे गाउँपालिका लताचुलीको टावर बन्द भएको दुई महिनाभन्दा बढी भयो । “दैनिक नेटवर्क आयो कि भनी मोबाइल फोन हेर्नमै दिन बितेको धेरै भयो”, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गरे । “कि सेवा देऊ कि टावर अन्यत्र सार रु”, अधिकृत गिरीले भने, “नेटवर्क नदिने टावर राखेर के काम रु टावर मर्मत गर भनेको कसैले सुन्दैन ।”
त्यस्तै पीडा छ बारेकोट गाउँपालिकामा पनि, त्यहाँ मोबाइलमा टावर नदेखिएको महिना दिन बढी भयो । फोन गर्न गाउँका स्थानीयवासी जन्तेस्थित लेकमा चार घण्टा हिँडेर जाने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले बताए । बारेकोटबाट बाहिर सम्पर्क गर्न र गाउँपालिकाभित्रका विभिन्न ठाउँका सम्पर्क गर्न खोजे पनि सम्भव नहुँदा हैरान हुँदै आएको थापाको गुनासो छ ।
इन्टरनेटको माध्यमबाट सामान्य खबर आदानप्रदान भएपनि सर्वसाधारण भारी मारमा परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । सदरमुकाम र स्थानीय तहको सञ्चार सम्पर्क टुटेको एक महिना बिते पनि तालुकदार कार्यालय, नेपाल टेलिकम कानमा तेल हालेर बसेको स्थानीयवासीले आरोप लगाएका छन् ।
जाजरकोटका स्थानीय तहमा अधिकांश स्काइ प्राविधिका टावर भएका कारण सबैमा एकैपटक खराबी आएको छ । निजी प्रदायक कम्पनी एनसेलले समेत सेवा गाउँमा विस्तार नगरेका कारण सर्वसाधारण सञ्चार सेवाबाट मर्कामा परेका हुन् । जाजरकोटका गाउँगाउँमा निर्माण गर्ने भनिएको सातवटा जिएसएम ‘नमस्ते’को टावर तीन वर्षदेखि अलपत्र परेका छन् ।
यता नेपाल टेलिकमले भने सबै स्काइका टावरहरु सञ्चालनमा रहेको भन्दै गफ दिइरहेको छ । आफ्ना प्राविधिक गएर टावर मर्मत गरेर सञ्चालनमा आएको भनी झुटको खेती गरिरहेको जुनिचाँदेका रेशम खड्काले जानकारी दिए । जाजरकोट टेलिकम कार्यालयले आफूहरुबाट भन्दा क्षेत्रबाट प्राविधिक आएर टावरमा आएको समस्या समाधान गर्ने बताउँदै आएको छ ।
बुधबार जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ ओलमा जिप दुर्घटना भए पनि सो ठाउँमा सञ्चार सेवा उपलब्ध नहुँदा अहिले सम्पर्क गर्न गाह्रो भएको जुनिचाँदे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिए । अहिले अग्ला डाँडामा उकालो चढेर फोन सम्पर्क गर्न बाध्य भएको आचार्यको भनाइ छ । “दुर्घटनास्थल आए फोन अफ गर्नुपर्ने, डाँडामा गए मात्र फोन हुन्छ”, उनले भने । सदरमुकाम खलङ्गामा समेत सबै ठाउँमा फोनले काम नगर्दा हैरान भएको स्थानीयवासीको गुनासो छ । इन्टरनेटमा समेत सोही समस्या रहेको सर्वसाधारण पीडा पोख्छन् । गाउँमा बिरामी हुँदा होस् वा अन्य कुरा गर्नसमेत महिना दिनदेखि बन्द भएपछि सर्वसाधारण आक्रोशित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार