इन्टरनेट प्रयोगकर्तालाई खुशीको खबरः फेसबुकको सहकार्यमा वर्ल्डलिंकले ७ हजार ५ सय ठाँउमा फ्रि इन्टरनेट सेवा दिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १९:१०:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/facebook-worldlink_YbzrUD39dA.jpg)
२३ असोज, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र अन्तर्राष्ट्रिय कम्पनी फेसबुक बीच नेपाली इन्टरनेट प्रयोगकर्तालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने सहकार्य भएको छ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकको सहकार्यमा सहज र छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि पब्लिक वाईफाई उपलब्ध गराउने सम्झौता भएको हो ।
वर्ल्डलिंकले बिहीवार जुममार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी गराएको छ । सो पत्रकार सम्मेलनमा वर्ल्डलिंकले फेसबुकको एक्सप्रेस वाईफाई प्लेटफर्ममार्फत नेपालभरी सार्वजनिक वाईफाई सेवा उपलब्ध गराउने जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा दुबै कम्पनीले सहकार्य गरेको घोषणा समेत गरेका छन् । एक्सप्रेस वाईफाई प्लेटफर्म अन्तरगत अहिले वर्ल्डलिंकले देशभर उपलब्ध गराएको १० हजार भन्दा बढि सार्वजनिक फ्रि वाईफाईमध्ये ७ हजार ५ सय स्थानका वाईफाईका लागि सहकार्य गरेको वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले जानकारी गराए ।
कार्यक्रममा अध्यक्ष अग्रवालले यो सहकार्यले अझ पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेट पहुँचमा ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीलाई सरकारले स्पेक्ट्रम दिएको छैन र नदिँदा समस्या भएको छ, तर पनि फेसबुकसँगको सहकार्यमा पब्लिक वाईफाई व्यवस्थापन गर्न सहयोग हुनेछ,’
आगामी दिनमा इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सरकारले स्पेक्ट्रम दिएर सहयोग गर्नुपर्ने बताउँदै सरकारले मोबाइल स्पेक्ट्रममार्फत डाटा र इन्टरनेट दिने कुनै कानून आएमा प्रयोगकर्तालाई अझै सहज हुने उनको तर्क थियो । पत्रकारहरुले गरेको एक प्रश्नको उत्तर दिदैं अध्यक्ष अग्रवालले भने, यूजर्ससँग रकम लिने छैनौं, यसमा विज्ञापनमार्फत आगामी दिनमा मनिटाईज गरिने छ ।
अध्यक्ष अग्रवालका अनुसार, एक्सप्रेस वाईफाई प्लेटफर्मले वर्ल्डलिंकको सार्वजनिक वाईफाई सेवा सुधार गरेर, दुरुस्त, भरपर्दाे र किफायती इन्टरनेट सेवाको साथै सबैका लागि, सबै ठाउँमा, सधैं जोडिने हाम्रो दृष्टिकोणमा उच्च योगदान गर्ने विश्वास व्यक्त गरे । यस सहकार्यले देशभरीका अल्पसंख्यक, विपन्न वर्गलाई पनि इन्टरनेट सेवाको पहुँच नजिक पुरयाउने आशा उनले व्यक्त गरे ।
पत्रकार सम्मेलनमा सहभागी भएका फेसबुकका तर्फबाट मोबाइल पार्टनरशिपका निर्देशक करण खाराले भने, “रोजगार, शिक्षा, स्वास्थ्यसेवा र थप पहुँच सुनिश्चित गर्न उच्च गुणस्तरीय इन्टरनेट पहुँच अत्यावश्यक तत्व हो ।
एक्सप्रेस वाईफाई प्लेटफर्मको साथ, वर्ल्डलिंक नेपालमा आफ्नो वाईफाई कभरेजलाई दिगो रुपमा विस्तार गर्न सक्षम छ । धेरै व्यक्तिलाई अनलाइनका लागि सक्षम पार्ने हाम्रो विश्वास छ । हामी वर्ल्डलिंकसँग निरन्तर साझेदारीको लागि तत्पर छौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ
फागुन २, २०८१ शुक्रबार
‘सहर–विनाशक’ क्षुद्रग्रहले पृथ्वीमा ठक्कर दिन सक्छ, हामी कति चिन्तित हुनुपर्छ ?
माघ २३, २०८१ बुधबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार