डाक्टर ज्ञवालीको कोरोना अनुभव:-आयुर्वेदिक औषधि खाएर कोरोना जितियो
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार २२:२:५८
- डा. प्रकाश ज्ञवाली (आयुर्वेद चिकित्सक)
शुक्रबार बेलुका अलि अलि टाउको दुखे जस्तो भयो । शनिबार विहान रुघा पनि लागेको जस्तो भएको थियो । घाँटी झन् खसखस गर्यो । दिउँसो ज्वरो आउन थाल्यो । ज्वरो अघिपछि रुघा लागेको समयमा आउने भन्दा कडा खालको थियो ।
शरीर दुख्ने, कमजोरी भए जस्तो लक्षण देखियो । कोरोनाको जस्तो लक्षण लागेपछि असोज ११ गते गएर पीसीआर परीक्षण गराए । भोलिपल्ट रिर्पोट पोजिटिभ आयो । म बाहेक घरमा श्रीमति, छोराछोरी सबैलाई लक्षण देखिएकोले असोज १२ गते उनीहरुको पनि पीसीआर परीक्षण गरियो । रिर्पोट सबैको पोजिटिभ आयो ।
जति धेरै कुरा कोरोना भाइरसको बारेमा जानेको बुझेको भएपनि पहिलोपटक आफुलाई संक्रमण देखिएको थाहा पाउदाँ निकै डर लाग्ने रहेछ। पोजिटिभ आएपछि सामान्य लक्षण देखिएको र सबै परिवारलाई संक्रमण भएपछि छिमेकी र आफन्तलाई जानकारी गराएर घरमै आइसोलेसनमा बस्यौं ।
आयुर्वेदको चिकित्सक भएकाले पहिलेदेखि नै जडिबुटीहरु मात्रा मिलाएर त खाइरहेका थियौं नै । संक्रमण भएपछि पनि गुडूची (गुर्जो) १ चम्चा २ कप पानीमा पकाएर १ कप बाँकी रहेपछि ४ देखि ५ पत्ता तुलसीको पात राखी छानेर चिया जस्तै गरी खायौ ।
च्यावनप्रास एक/एक चम्चा बिहान र बेलुका, अश्वगन्धा चुर्ण एक/एक चम्चा बिहान बेलुका पनि खाने गर्यौ । यस्टीमधु चुर्ण एक/एक चम्चा र त्रिकटु एक/एक ग्रामका दरले बिहान बेलुका मनतातो पानीसँग खाने गरियो । जसले गर्दा ३ दिनमै सबै लक्षण हराएर गयो । ज्वरो आएको बेला सिटामोल खाइयो । भिटामिन सी, डी र भिटामिन बी कम्पेल्क्स पनि खायौं ।
३ दिनसम्म लक्षण देखियो । त्यसपछि भने सबै लक्षण हराएर ठीक हुँदै गयौं । यस्तो बेला सबै पोजिटिभ भएकोले कसलाई कतिबेला समस्या बढ्ने हो भन्ने चिन्ता हुने रहेछ।
घरबाट बाहिर निस्कन नमिल्ने भएकाले आवश्यक सामानका लागि पसलमा फोन गरेर गेट बाहिरसम्म ल्याइदिन भन्यौं । मेरो श्रीमतिको दिदी पनि नजिकै बस्नुहुन्छ । उहाँले नै आवश्यक परेका सरसामानहरु ल्याइदिनुभयो । घरमा बसेको बेला धेरै साथीभाइसँग फोन र मेसेन्जरमा कुरा भयो ।
कतिजनाले घरमा एकजनाको पोजिटिभ आएपछि अरुलाई लक्षण भएपनि जाँच नगरी घरमै आइसोलेसनमा बसेको पनि थाहा पाए। जटिबुटीबारे जानकारी लिन, मलाई यस्तो समस्या भयो । कुन जडिबुटी कसरी खाउँ ? भनेर दैनिक १२ देखि १५ जना नयाँ व्यक्तिले फोन गर्नुहन्थ्यो ।
संक्रमण देखिएपछिको अवस्था अलि फरक हुने रहेछ । यसले मानिसको मनमा कसरी डर जमाएर बसेको छ भन्ने अनुभव पनि भयो ।छिमेकीहरु हामी छतमा गयो भने पनि छतबाट सर्ला झै गरेर डराउनुभयो । त्यसैले हामीमध्ये कोही छतमा जानुपरेमा पनि मास्क लगाएर जाने गथ्यौं । कसैले फोनमा पनि सर्छ कि झैं गरेर कुरा गरेको अनुभव हुँदा भने डरले निकै जरा गाडेको छ भन्ने लाग्यो ।
यो हाम्रो लागि छिमेकी र आफन्त चिन्ने मौका पनि भयो । कति आफन्त त अफ्ट्यारो पर्यो भने सहयोग गर्न पर्न सक्छ भनेर थाहा नपाए जस्तो पनि गरे । कतिले औपचारिकता मात्र निभाए । यसबाट हामी विचलित भएनौ । यो सबै अज्ञानताको परिणाम हो ।
हामीले पर्याप्त जनचेतना जगाउन सकेका रहेनछौं । हामीले घरमा चना उमारेर झोल बनाएर प्रशस्त खायौं । त्यस्तै ज्वानोको झोल, कुरिलोको झोल पनि खुब खायौं । ५ दिनपछि मासुको झोल बनाएर खान थाल्यौं। शरीरमा पानीको मात्रा कमी हुन दिनु हुँदैन् । पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार छ ।
त्यसैले कहिले काँही जीवनजल बनाएर पनि खायौं । अक्सीमीटरको सहयोगले अक्सिजनको मात्रा नापी राख्यौं । ९४ भन्दा बढीमा मेन्टेन गर्नु पर्ने हुनाले अनुलोम विलोम पनि गर्ने गर्यौ । घाममा बस्ने, एक अर्काको अवस्था जानकारी लिने पनि गर्यौ । यो रोगले हामीलाई दुःख नदिए पनि यो कसै कसैलाई कडा रुपमा पनि आउन सक्छ।
कोरोना संक्रमण जहिले जो कोहीलाई पनि देखिन सक्छ । त्यसैले सरकारले भनेका सबै मापदण्ड पालना गरौं । कसैलाई पोजिटिभ देखिएपछि घरमा सबै मापदण्ड पालना गरेर कम्तिमा १४ दिन आइसोलेसनमा बसौं । नियमित रुपमा जडीबुटी सेवन गर्ने, भीडभाडमा नजाने र वुद्धवद्धा र दीर्घ रोगी बचाउने काम गरौं ।
छोटो समयमै कोरोना संक्रमणलाई आयुर्वेदका माध्यामबाट पराजित गरेका डा. ज्ञवालीको यो कोरोना अनुभव उनको फेसबुक बालबाट लिइएको हो । उनी नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार