बलात्कारपछी हत्याका श्रृखंला अन्त्य गर्न कांग्रेस वीपीको माग
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १८:३२:३६
२४ असोज, काठमाडौं । नेपाली कांग्रेस वीपीले बलात्कार र बलात्कार पछी हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हदै सम्मको कारबाही गर्न माग गरेको छ । वीपीले निर्मला पन्त, सम्झना कामि लगायत मुलुकमा भएका बलात्कार र बलात्कार पछी हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हदै सम्मको कारबाही गर्न माग गरेको हो ।
नेपाली कांग्रेस वीपीको राजधानीमा उपलब्ध केन्द्रिय सदस्यहरुको बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सालाई अन्तिमरुप दिन भारतसँग अभिलम्ब वार्ता यदि वार्ता हुन नसके अन्तराष्ट्रिय करण गर्न सरकारसँग माग समेत गरेको छ ।
बैठकले हुम्ला लगाएत भारत र चिनसँग जोडिएका सिमासम्बधी विवाद समाधान गर्न अभिलम्ब छिमेकी मित्र राष्ट्रसँग संवाद, गैरकानुनी ढंगले अंगिकृत नागरिकता वितरण भएकोले अंगिकृत नागरिकता छानबिन आयोग गठन गरि गैरकानुनी नागरिकता खारेज र मुलुकमा भ्रष्टाचार ‘वाइडबाडी, एनसेल, ३३ किलो सुन, ललिता निवास, ओम्नी, यति होल्डीङस लगाएत’ भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलापका विरुद्व राष्ट्रव्यापी आन्दोलन घोषणा गर्ने निर्णय गरेको छ ।
साथै बैठकले नेपाल सरकारले डा। गोबिन्द के। सी। सँग वार्ता गरि संझौतालाई पूर्णरुपमा कार्यान्वयन गरि अन्तिम अनशन बनाउन तथा कुलमान घिसिङलाई पुर्न विद्युत प्राधिकरणको निर्देशमा नियुक्त गर्न मागसहित ११ निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार