एकै परिवारका आठ जनामा कोरोना संक्रमण
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार ०:२३:८
२४ असोज, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ । शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो ।
उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए । यससँगै आज जिल्लामा थप ३४ कोरोना संक्रमित बिरामी थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।
यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको छ । कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार