कर्मचारीले काम नठगून् भनेर स्क्रीनशट लिएर निगरानी
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १२:३७:१८
२५ असोज, काठमाडौं । शिबु फिलिप लन्डनस्थित ट्रान्सेन्ड नामक एउटा सानो कम्पनीका संस्थापक हुन्। उनको कम्पनीले थोक विक्रेताबाट सौन्दर्य सामग्री किन्छ र अनलाइनका माध्यमबाट बेच्छ। विगत डेढ वर्षदेखि उनले हबस्टाफ नामक सफ्टवेयर प्रयोग गरेर कर्मचारीहरूले काम गरेको घण्टा, कओबोर्ड र माउसको चाल र उनीहरूले खोल्ने बेवसाइटहरूबारे निगरानी गरिरहेका छन्।
उनको कम्पनीमा भारतमा बसेर काम गर्ने सात कर्मचारी छन्। लन्डन र भारतबीच समय अन्तर छ। तर यो सफ्टवेयरले केही मात्रामा भए पनि काममा कर्मचारीलाई उत्तरदायीू बनाउन सहयोग गर्ने उनले बताउको बीबीसीले जनाएको छ । उनले कसैले अपेक्षाभन्दा राम्रो गरिरहेका छन् भने आफूले स्क्रीनशटका तस्बिरहरूको अध्ययन गर्ने र त्यसका आधारमा पूरा समूहका लागि सुधारको सुझाव लिने गरेका छन ।
उनका अनुसार कर्मचारीहरूलाई उक्त सफ्टवेयर प्रयोग भएको छ भन्ने पूर्ण जानकारी रहेको छ। त्यसैले उनीहरू ब्रेकका बेलामा झुक्किएर कुनै बेवसाइट खुलेको छ भने पनि त्यसलाई हेरेर समय नखर्चिने उनी बताउँछन्। कोरोना भाइरसका कारण घरबाटै काम गर्ने चलन बढेपछि निगरानी सफ्टवेयरको माग गर्ने रोजगारदाताहरूको सङ्ख्या बढेको छ। अमेरिकामा आधारित हबस्टाफका अनुसार गत फेब्रुअरीयता यूकेमा यसका ग्राहकको सङ्ख्या चार गुणा बढेको छ।
स्नीक नामक अर्को कम्पनीले कर्मचारीहरूले काम गरिरहेको ल्यापटपबाट उनीहरूको तस्बिर खिँचेर उनीहरूका सहकर्मीले हेर्न मिल्नेगरी अपलोड गरिदिने प्रविधि ल्याएको छ। हरेक मिनेटजस्तो तस्बिर खिच्ने भएकाले उक्त एप प्रयोग गर्ने रोजगारदाता हुन् वा रोजगारी गर्ने जोसुकैले एकै खाले अनुभव गर्नसक्ने कम्पनीले बताएको छ।
यसका सहसंस्थापक डेल करीले बीबीसीलाई लकडाउनका अवधिमा आफ्ना प्रयोगकर्ताको सङ्ख्या पाँच गुणाले बढेको बताए। उनका अनुसार हाल उक्त एप करिब २० हजार जतिले प्रयोग गरिरहेका छन्। हालै कार्डिफ विश्वविद्यालय र युनिभर्सिटी अफ साउथ एम्टोनले गरेका अध्ययनले हाकिमहरूमा कामदारहरू ूकामचोरू हुने समानखाले डर देखिएका छन्। लडकाउनका अवधिमा काममा त्यस्तो प्रभाव परेको जस्तो भने देखिएको छैन।
यद्यपि उक्त अध्ययनका अनुसार हरेक तीनमा एक कामदारले पनि आफ्नो कार्यक्षमतामा कमी आएको महसुस गरेका छन्। तर के प्रविधिले त्यस्ता ‘कामचोर’ कर्मचारीलाई समात्न वा भान्साको टेबलमा बसेर पूरा अवधि काम गर्न बाध्य कर्मचारीलाई सहयोग गर्न सक्लार ?
बीबीसी प्रकाशित समाचारका अनुसार जोश नामक लन्डनका २६ वर्षीय फोटोग्राफर घरैबाट काम गर्नुपर्दा आफ्नो कार्यक्षमतामा कमी आएको बताएका छन । उनी महामारकिा बीचमा अरूसँग साझेदारी गरिएको आफ्नो फ्ल्याटको भान्सामा एउटा अस्थायी स्टुडियो बनाएर काम गर्नुपर्दा चुनौती भए पनि उनी उत्साहित भएर काम गरिरहेका छन्।
उनले भनेका छन्, यदि कसैले मेरो कार्यक्षमताको निरन्तर निगरानी गरिरहेको छ भन्ने थाहा भयो भने मलाई नराम्रो लाग्नेछ। कतिपय हाकिमहरू निगरानी गर्ने सफ्टवेयरहरू प्रयोग कार्यक्षमता कायम राख्न उपयुक्त हुने तर्क गर्न सक्छन्। चार्टर्ड इन्टिट्युट अफ पर्सनल एन्ड डेभलपमेन्ट ९सीआईपीडी० ले गरेको एउटा अनुसन्धानले भने कार्यस्थलमा गरिने निगरानीले विश्वासको सङ्कट पैदा गर्नसक्ने सुझवा दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्क टेस्लाका ६ हजारलाई कर्मचारीलाई बर्खास्त गर्ने तयारीमा
बैशाख १९, २०८१ बुधबार
टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान
बैशाख १७, २०८१ सोमबार
अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनी
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
बैशाख १९, २०८१ बुधबार
दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन
बैशाख १९, २०८१ बुधबार
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
बैशाख १९, २०८१ बुधबार
भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार