७० वर्ष बढी कैद भुक्तान असुली
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १५:१९:४७
२५ असोज, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी रहेका फरार रहेका व्यक्तिलाई पक्राउ गरी उक्त कैद असुली गरेको हो ।
तनहुँ प्रहरीले करिब साढे तीन महिनाको अवधिमा १७१ जना पक्राउ परेका तनहुँका प्रहरी प्रमुख उपरीक्षक अरुण पौडेलले बताए। उनका अनुसार जरिवाना भुक्तान गर्न बाँकी रहेकाबाट रु २४ लाख ५२ हजार जरिवाना असुली गरेको छ । चोरी, साइवरक्राइम, बलात्कार, कर्तव्य ज्यान मुद्दा, घरेलु हिंसा, लागुऔषध, बहुविवाह, बैकिङ कसुरलगायत विभिन्न आपराधिक मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
यसरी पक्राउ परेकालाई जिल्ला अदालतमा पेश गरिएकामा अदालतले कैद भुक्तान तथा जरिवाना तिर्न बाँकी रहेकालाई कारागार पठाएको उनले जानकारी दिए । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको छ । तनहुँको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल असारको पहिलो सातामा सरुवा भएर आएपछि असारको दोस्रो सातादेखि यस किसिमको अभियान थालेपछि फरार मुद्दाका व्यक्ति धमाधम पक्राउ पर्न थालेका हुन् ।
यसरी पक्राउ पर्नेमा २० वर्षदेखिका फरार रहेका व्यक्ति छन् । अपराध गर्ने व्यक्ति निस्फिक्री हिँड्दा अपराध गरे पनि केही हुँदैन भन्ने भावानाको विकास हुँदै गएको त्यसलाई अन्त्य गर्न एक किसिमको विशेष टोली नै बनाएर अभियान थालिएको उनले बताए । दण्डहीनताको भावाना नहोस् र ढिलै भए पनि अपराध गर्ने प्रहरीको नियन्त्रणमा आउँछन् भन्ने सन्देश दिन यस अभियानलाई तीव्रता दिइएको प्रहरी उपरीक्षक पौडेलले बताए । त्यसैगरी उक्त अवधिमा मास्क नलगाई अटेर गरी हिँड्डुल गर्ने एक हजार ४०० जनालाई कारवाहीस्वरुप रु १०० जरिवानाका दरले रु एक लाख ४० हजार रकम सङ्कलन भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
भाइटीका फूल किन्दै स्थानीय बासिन्दा
कात्तिक १६, २०८१ शुक्रबार
‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
सांस्कृतिक पर्वका रुपमा किन मनाइन्छ तिहार ?
कात्तिक १६, २०८१ शुक्रबार
तिहारमा माइती जाने महिलालाई युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा
कात्तिक १६, २०८१ शुक्रबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार