बाढीपहिरोबाट मृतक र प्रभावितलाई सहयोग
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १५:४८:३५
२५ असोज, मार्तडी । बाजुरा जिल्लामा लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित र ज्यान गुमाएका आफन्तलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल निजामती कर्मचारीको छाता सङ्गठन आधिकारिक टे«ड युनियन र नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति र जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा राहत वितरण गरिएको निजामती कर्मचारी सङ्गठन बाजुराका अध्यक्ष मीनप्रसाद जैशीले बताए।
उनले बाढीपहिरोबाट ज्यान गुमाएका आफन्त र सोबाट प्रभावित भएका परिवारलाई राहतस्वरुप नगद सहयोग गरिएको बताए । बाढीपहिरोबाट ज्यान गुमाएका पाँच जना आफन्तलाई आधिकारिक ट्रेड युनियनबाट रु सात हजारका दरले ३५ हजार, नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिबाट रु एक हजार ५०० र जिल्ला कार्यसमितिबाट रु दुई हजार ५०० गरी रु ५५ हजार नगद सहयोग गरिएको आधिकारिक ट्रेड युनियनका जिल्ला सचिव दिलीप शाहीले जानकारी दिए ।
उनले दिएको जानकारीअनुसार अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित भएका आधिकारिक टे«ड युनियनबाट रु चार हजारका दरले ६४ हजार, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिबाट रु दुई हजारका दरले ३२ हजार गरी रु ९६ हजार सहयोग गरिएको बताए । राहत पाउनेमा बाढीपहिरोमा परी ज्यान गुमाएका बूढीगङ्गा नगरपालिकाका दुई, बडिमालिका नगरपालिकाका एक, बूढीनन्दा नगरपालिकाका एक र गौमुल गाउँपालिका एक जनाका आफन्तलाई प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेमार्फत नगद राहत हस्तान्तरण गरेको टे«ड युनियनका जिल्ला अध्यक्ष धनबहादुर थापाले बताए ।
यस्तै बाढीपहिरोबाट सबैभन्दा बढी क्षति भएका र प्रभावित भएका बूढीगङ्गा नगरपालिकाका दुई, बडिमालिका नगरपालिकाका पाँच, त्रिवेणी नगरपालिकाका एक, जगन्नाथ गाउँपालिकाका दुई, बूढीनन्दा नगरपालिकाका दुई र गौमुल गाउँपालिकाका तीन गरी १६ जनालाई नगद राहत दिएको अध्यक्ष थापाको भनाइ छ । पहिरोबाट घरबारविहीन भएका बडीमालिका नगरपालिकामा कृषि शाखामा कार्यरत प्रेम महतलाई नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समितिबाट रु २० हजार, जिल्ला कार्यसमितिबाट रु २२ हजार ५०० गरी रु ४२ हजार ५०० व्यक्तिगत सहयोग गरिएको छ ।
बाढीपहिरोपीडित १६ परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले आर्थिक सहयोग गरेको छ भने बडिमालिका नगरपालिका कृषि विकास शाखामा कार्यरत प्राविधिक सहायक प्रेमबहादुर महत एशोसिएशन, कर्मचारी सङ्गठनबाट सङ्कलन गरिएको रु दुई लाख १८ हजार ५०० सहयोग गरेको छ । पाँच मृतकका परिवार, १६ पीडितपरिवार र एक निजामती कर्मचारीलाई गरेर रु तीन लाख ७२ हजार रकम राहतस्वरूप हस्तान्तरण गरिएको आधिकारिक टे«ड युनियनका जिल्ला सचिव दिलीप शाहीले बताए ।
राहत रकम केन्द्रीय कार्यसमितिबाट रु ६० हजार, जिल्ला कार्यसमितिको तर्फबाट रु ३५ हजार, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बाजुराको तर्फबाट रु एक लाख र नेपाल कृषि प्राविधिक एशोसिएशन सुदूरपश्चिम कार्यसमितिको पहलमा रु एक लाख ७७ हजार सङ्कलन गरिएको थियो । राष्ट्रसेवामा समर्पित कर्मचारीले बाढीपहिरोपीडितको समस्यामा सहयोग गर्ने कार्य प्रंशसनीय र स्वागतयोग्य भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार