मुख्यमन्त्रीद्वारा निर्माणाधीन पुलको निरीक्षण
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १६:३:१४
२५ असोज, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयमा गुणस्तरीय निर्माण पूरा गर्न निर्देशन दिनुभएको छ । पोखरा महानगरपालिका वडा नं १४ र २६ डहरेस्थित विजयपुर खोलामाथि निर्माणाधीन पक्की पुलको शनिबार निरीक्षण गर्दै उनले पुल निर्माण देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विकास निर्माणमा प्राविधिकको निगरानी एवम् स्थानीयवासी तथा जनप्रतिनिधिको जागरुकता हुनुपर्ने मुख्यमन्त्री गुरुङको तर्क छ । पृथ्वीराजमार्गको विजयपुरपुलको विकल्पका रुपमा प्रदेश सरकारको रु एक करोड २८ लाख लागतमा सो पुल निर्माण गर्न लागिएको हो ।
पच्चिस मिटर लम्बाइ तथा दायाँबायाा पैदलमार्गसहितको डबल लेनको सो पुल आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निरीक्षणमा प्रदेश, भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलगायत प्रदेशका उच्च अधिकारीको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार