अबको युग प्राविधिक शिक्षाको
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १७:१७:३६
२५ असोज, दमौली । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सामाजिक क्षेत्रमा रोटरी क्लवले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताएका छन । रोटरी क्लवले शनिबार पोखरामा आयोजना गरेको पीसीआर उपकरण र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोटरीले सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गरे ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्ने उद्देश्य सहित क्लवले सञ्चालन गरेको अभियानले राम्रो प्रभाव पारेको उनको भनाई थियो । “रोटरीले पछाडि पारिएकाहरुलाई शिक्षित र दिक्षित बनाउने उद्देश्य सहित सञ्चालन गरेको कार्यक्रम सकरात्मक छ, शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ,” प्रदेश प्रमुख शेरचनले भने ।
उनले शिक्षा प्रणाली उत्पादनमूलक र व्यावसायिक हुनुपर्नेमा जोड दिए । अहिलेको शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन भइरहेकाले अबको युगको प्राविधिक शिक्षाको युग रहेको चर्चा गरे । “डिग्री हासिल गरेर व्यावहारिक ज्ञान नसिकेसम्म त्यो डिग्रीको काम छैन, पढेको शिक्षा व्यवहार उपयोगी हुनुपर्छ,” उनले भने, “सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएर लगानी बढाएको छ ।”
सोही अवसरमा क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्री सहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । रोटरी नेपाल शिक्षा अभियानका गण्डकी प्रदेश सचिव बाबुराम बरालले तनहुँ, कास्की, स्याङ्जा, गोरखा, बागलुङ, पर्वत, म्याग्दीका विभिन्न विद्यालयलाई सिकाई सामग्री सहित टिभी हस्तान्तरण गरिएको जानकारी दिए ।
पीसीआर उपकरण हस्तान्तरण
सोही कार्यक्रममा क्लवले तनहुँको व्यास नगरपालिकालाई पिसीआर उपकरण हस्तान्तरण गरेको छ । उक्त उपकरणको मूल्य करिब १२ लाख रहेको छ । प्रदेश प्रमुख शेरचन र रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले संयुक्त रुपमा उक्त उपकरण व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे ।
रोटरीले हस्तान्तरण गरेको उपकरणले अब दमौलीमै कोरोना परीक्षण गर्न सहज हुने नगर प्रमुख न्यौपानेले बताए । दमौली अस्पताललाई उपकरण सञ्चालन गर्न अनुरोध गरिने र अस्पतालले चलाउन नमाने नगरपालिका आफैले प्रयोगशाला बनाएर उपकरण सञ्चालन गर्ने उनले बताए । “दमौली अस्पतालले मानेन भने छुट्टै प्रयोगशाला बनाएर व्यास नगरपालिकाले नै सञ्चालन गर्छ,” नगर प्रमुख न्यौपानेले भने ।
नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उक्त उपकरणबाट तीन घण्टामा आठ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । उक्त उपकरणको प्रयोग कोभिड–१९ पछि पनि गर्न सकिन्छ । “आधुनिक प्रविधको मेसिन भएकाले यसले अन्य रोगहरुको पनि परीक्षण गर्न सकिन्छ,” उनले भने । नगरप्रमुख न्यौपाने रोटरी क्लव अफ दमौलीको पूर्व अध्यक्ष रहेका र उनको सामाजिक सम्बन्धका कारण क्लवले व्यास नगरपालिकालाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार