स्वरोजगार बनाउन वालिङ १० मा कृषि तथा नर्सरी व्यवस्थापन तालिम
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १८:२६:८
२५ असोज, स्याङ्जा । वालिङ नगरपालिका वडा नम्वर १० मा नर्सरी व्यवस्थापन तथा तरकारी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ ।युएनडीपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत कृषकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।
स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको छ । कार्यक्रममा बोल्दै वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले कृषकहरुको मागलाई मध्यनजर गर्दै नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । उनले भने,“कृषकहरुलाई व्यवसायीक बनाउनका लागि बिभिन्न साझेदार संस्थासँग मिलेर काम शुरु गरिएको छ, तपाईहरुले काम गर्नुहोस् वडा कार्यालय साथमा छ ।”
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोरोनाबाट प्रभावित भएका कृषकहरुलाई त्यसको असरबाट जोगाउन कार्यक्रम शुरु गरिएको जानकारी दिइन । उनले भनिन्, “कोरोनाको प्रभावका कारण समस्यामा परेका व्यक्तिहरुलाई स्वरोजगार बनाउने गरी कार्यक्रम शुरु गरिएको हो ।” अध्यक्ष तिवारीले नगरपालिकाका १४ वटै वडामा उत्पादन बढाई कोरोना प्रभावितहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिइन् ।
कार्यक्रममा दियालो युएनडीपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए । व्यवस्थित नर्सरी मार्फत गाँउ गाँउमा उत्पादन बढाउने लक्ष्य रहेको दियालो संस्थाले जनाएको छ । तालिममा ३६ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा कृषि प्राबिधिक प्रतिभा साप्कोटा, शोभाकान्त पाण्डे र बिष्णु प्रसाद न्यौपानेले प्रशिक्षण दिनुका साथै स्थलगत प्राक्टिकल गराएका थिए । कार्यक्रम अन्तर्गत नगरका १४ वटै वडामा नर्सरीको स्थापना गर्ने काम भईरहेको दियालो संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार