राजविराज राबा बैंकका १३ कर्मचारीसहित थप २५ जना संक्रमित
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १९:३८:५२
♦ धीरुभाइ
२५ असोज सप्तरी । सप्तरीको राजविराज स्थित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका १३ जना कर्मचारीसहित थप २५ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै जिल्लामा कूल संक्रमितको संख्या एक हजार ३८७ पुगेको छ । शुक्रबार साँझ राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार बैकका १३ जना कर्मचारी, रुपनी गाउँपालिकाका ११ जना र राजविराज नगरपालिकाका एक जना गरी २५ जनामा कोरोना भेटिएको हो ।
रिपोर्ट अनुसार राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा राजविराजमा कार्यरत राजविराज नगरपालिका वार्ड नम्बर १ का २३ वर्षीया महिला, सोही वार्डका उमेर नखुलेका पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, उमेर उल्लेख नभएको महिला, डाक्नेश्वरी नगरपालिका ९ का १२ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका ७ का २२ वर्षीय पुरुष, रुपनी गाउँपालिका ६ का ३८ वर्षीय पुरुष, मोरग जिल्लाका ३१ वर्षीय पुरुष, र उदयपुर जिल्लाका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
त्यस्तै, रुपनी गाउँपालिका वार्ड नम्बर १ का ३१ वर्षीया महिला, ४६ वर्षीय पुरुष, ४३ वर्षीय पुरुष, ४८ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, २४ वर्षीया महिला, ४० वर्षीया महिला, ३० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, वार्ड नम्बर ४ का २४ वर्षीय पुरुष, ४७ वर्षीय पुरुष, छ वर्षीया महिला र राजविराज नगरपालिका वार्ड नम्बर ७ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको उनले बताए ।
हालसम्म जिल्लामा एक हजार ११२ जना निको भएर घर फर्किसकेको र तीन महिलासहित २० जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार