सशस्त्र प्रहरीको सेटिङमा दाङमा व्यापक तस्करी, ईन्सपेक्टर पोखरेललाई कसको संरक्षण ?
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २१:०:३३
२५ असाेज, दाङ, तुलसीपुर । माथिल्लो निकायको चाप्लुसी गरेर सधैं राम्रो ठाँउमा ईन्चार्ज जाने र आर्थिक लेनदेनमा परि बदनाम हुँदा समेत राजनीतिक दवाव लगाएर उम्कने परिपाटी प्रहरी संगठनका लागि नौलो विषय होइन । त्यस्तै मध्येको सशस्त्र प्रहरी सम्बन्धि समाचार नेपालबहसलाई प्राप्त भएको छ ।
तुलसीपुरमा रहेको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्पमा ईन्चार्जको जिम्मेवारी पाएपछि सशस्त्रका ईन्सपेक्टर टेकराज पोखरेलको संरक्षणमा व्यापकरुपमा गिट्टी ,बालुवा र काठ तस्करीका साथै जुवासमेत मौलाएको छ । गत हप्तामात्रै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित कुमार सुनारको घरमा सशस्त्र र ईप्रकाको सेटिङमा दिउँसै जुवा खेलाईरहेको सुईको जिप्रकाले थाहा पाएपछि जिल्लाबाटै सादा पोसाकमा टोली पठाएर छापा मार्दा १३ जना जुवाडे पक्राउ गरि उनीहरु उपर मुद्दा चलाईएको छ ।
अहिले जुवा बन्द भएपनि पातुखोलाबाट गिट्टी बालुवा र तुलसीपुरदेखि पश्चिम भुमके तथा चिराघाटबाट काठ तस्करी भने रोकिएको छैन् । यो सबै तस्करीबाट सशस्त्र र नेपाल पुलिसले मोटो रकम पाएपछि अहिले झन् दिन प्रतिदिन तस्करी बढ्दो छ । पातुखोलादेखि सशस्त्रको ब्यारेक करिब तीन चार सय मिटर दुरीको हाराहारीमा छ तर पातुखोलामा दिउँसै टिप्पर र ट्रयाक्टर हाली गिट्टी,बालुवा उठाउँदै गरेको अवस्थाका फोटो र भिडियोहरु देखाई दोघरे ब्यारेकमा जानकारी गराउदा समेत सशस्त्र प्रहरीले पक्राउ अथवा कुनै कार्बाही नगर्नुले सहजै हाकिमको मिलेमतो रहेको बुझ्न सकिन्छ ।
यसरी दिनदहाडै पातुखोलाबाट गिट्टी बालुवा दोहन भैरहेमा पातुखोला पुलको अवस्थानै धरासायी हुनसक्ने भन्दै स्थानीयले व्यक्तिले हामीसँग चिन्ता एवं आक्रोश व्यक्त गरेका छ्न् । सशस्त्र प्रहरीकै जिम्मेवारी इलाका भित्र पर्ने ग्वारखोलामा झन् चर्को रुपमा दिउँसै टिप्पर हाली बालुवा लोड गर्दैगर्दाको तस्वीर यतिबेला सामाजिक संजालमा भाईरल भएको अवस्थामा छ ।
यति हुँदा समेत सशस्त्रका ईन्सपेक्टर पोखरेलको काम कार्बाहीप्रति माथिल्लो निकायले कुनै चासो नदेखाउनुले माथिल्लो तहका हाकिम समेतमा यिनले सबै सेटिङ मिलाईसकेका रहेछन् भन्ने कुरा सबैले प्रष्टै बुझ्न सकिन्छ । पोखरेल जहाँ कार्यरत रहँदा पनि सधै विवादमा परिरहने तथा जागिर खाएको छोटो अवधिमै शान्ति सेना र अन्य कुनै मिशन नगएरै दाङको घोराहीमा भव्य आलिसान सुन्दर महल बनाउन माहिर भएका प्रहरी हुन् । उनले उक्त घर बनाउँदा बर्दियाको फुटाह बोर्डर आउट पोष्टबाट घरको लागि भन्दै आफैं काठ ओसारपसार गर्दा तस्करीमा संलग्नको आरोप लागेको थियो ।
नेपालगंजको रांझा एयरपोर्टमा ईन्चार्ज हुदाँसमेत नेपाल पुलिस र नागरिकसँग अभद्र व्यवहारको आरोप लागि झमेलामा परेका ईन्सपेक्टर पोखरेल नवलपरासीको सेमरी बेशको ईन्चार्ज हुदाँ उनले खटाएका घुमुवा सहायक हवल्दार जयन्द्र मौर्या अख्तियारद्वारा रंगेहात पक्राउ परि हालसम्म निलम्बनमा परेको र पोखरेललाईसमेत सोही काण्डमा अख्तियारमा मुद्दा परि हालसम्म किनारा नलागेपनि राजनीतिक दवावबाट उम्कन सफल भएको बताइएको छ ।
सशस्त्रका ईन्सपेक्टर पोखरेलले घोराही कारागारमा हुँदा दाङका तत्कालिन सीडिओ गोविन्द रिजालको चाप्लुसी गरि उनको सिफारिसमा फेरि दाङ नै सरुवा पाउने भाग्यमानी प्रहरी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयात्रुवाहक बस बाट एकहजार किलोग्राम सुपारी बरामद
असार ९, २०८१ आइतबार
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
असार ५, २०८१ बुधबार
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
जेठ २९, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार