एकैदिन जन्मिएका बलिउड र कलिउड बादशाह !
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २१:३७:३२
२५ असोज, काठमाडौं । ११ अक्टोबर । अर्थात यस दिन आधुनिक पुस्ताको बलिउड बादशाह अमिताभ बच्चन र कलिउडका बादशाह नीर शाहको जन्मदिन हो । अमिताभ आजदेखि ७८ बर्षमा प्रवेश गरेका छन भने नीर शाह आजदेखि ७५ बर्षमा प्रवेश गरेका छन् ।
भारतमा राजेश खन्नालाई महानायक मानिन्छ । नेपालमा राजेश हमाललाई महानायक भनिन्छ । तर अभिनयको जग बसाल्ने र धेरै नै लोकप्रियता कमाएका व्यक्ति भने बलिउडमा अमिताभ हुन भने नेपाल अर्थात कलिउडमा नीर शाह हुन् ।
सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका अमिताभ बच्चनले चलचित्र ‘सात हिन्दुस्तान’बाट बलिउडमा हैकम जमाउन शुरु हुन् । ७० को दशकमा अमिताभले अभिनय गरेका ‘जन्जिर, दिवार, सोले’ जस्ता चलचित्रले बक्स अफिसमा धुम मच्चाए । ७० र ८० को दशकमा अमिताभले सिंगो बलिउडलाई आफ्नो काँधमा बोकेका थिए ।
भारतका प्रतिष्ठित अवार्डको साथमा विभिन्न देशबाट समेत सम्मानित भएका नायक बच्चनले थुप्रै चलचित्र सम्बन्धी अवार्ड समेत प्राप्त गरेका छन् ।
यस्तै नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार नीर शाह आजदेखि ७५ बर्षमा प्रवेश गरेका छन् । शाहले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘परिवर्तन’ हो ।
शाहले ‘कुसुमे रुमाल, प्रेम पिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दुर, गौथली, जीवनसाथी, बाचा बन्धन, मुना मदन, सानो संसार, किस्मत’ लगायतका चलचित्रमका अभिनय गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंसिर ९, २०८१ आइतबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार