ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या चार हजार नाघ्यो
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २१:५४:१३
२५ असोज, ललितपुर । ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट निको भर्ई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १८६ पुगेको छ ।
यसैगरी जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुईहजार २६३ र मृतकको सङ्ख्या ४५ पुगेको उक्त कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताए । उनले भने, “धेरै मानिसले कोरोनाको डर मान्न छाडिसकेका कारण यहाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सार्वजनिक यातायातमा हिड्ने आधाजसो यात्रुले मास्कको उचित प्रयोग नगर्नाका साथै आवश्यक स्वास्थ्यसुरक्षा अपनाउन पनि हेलचक्याई गरिरहेको देखिन्छ ।”
महानगरपालिकामा ७९ देखि ८० प्रतिशत संक्रमितहरूको कन्ट्रयाक टे«सिङ गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण झन जोखिम बढेको कार्यालय प्रमुख डा.गेलालको भनाइ थियो । “हामीले महानगरपालिकाको टोल टोलमा पुग्नका लागि नयाँ योजना बनाउँदै छौँ”, उनले थपे,, “कोभिड संक्रमित स्वयंले पनि सजक भएर घरका अन्य परिवरको सम्पर्कबिना केही दिन एकान्तवास बसिदिए यसको जोखिम चाँडै न्यूनीकरण हुन्थ्यो ।”
लपु महानगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ६०१ पुगेकामा निको भई डिस्चार्ज हुनेको सङख्या एक हजार ३४० पुगेको र सक्रिय संक्रमित एक हजार २३१ पुगेकामा होम आइसोलेसनमा एक हजार १५० र बिभिन्न अस्पतालमा ८१ सङ्क्रमितले उपचार गराइरहेका महानगरपालिका ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिए । उनले भने, “शनिवार भेटिएका २६५ सङ्क्रमितमध्ये कति महानरवासी त कति महानगरबाहिरका भनेर हामीले छुट्टाउनै बाँकी छ ।” लपु महानगरपालिकाबाट हालसम्म ३० जनाले कोरोनाका कारण मृत्युवरण गरिसकेका छन् ।
वडाका विभिन्न काममा लागिपर्दा महानगरपालिका नं ८, नं १२ र नं १९ का वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएर उनीहरु होम आइसोलेसनमा बसिरहेका छन । महानगरपालिकामा हाल व्यापकरूपमा कोरोना बढेसँगै असोज २० देखि २७ गतेसम्म वडा नं ८, गत सोमबारदेखि आजसम्म वडा नं १९ र वडा नं २० पूर्णरूपमा बन्द गरिएको सम्बन्धित वडाध्यक्षको भनाइ छ ।
गत बुधाबार मात्रै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका थिए । उनले हाल घरबाटै महानगरपालिकाको काम गरिरहनुभएको प्रमुखका स्वकीयसचिव इन्द्र बज्राचार्यले जानकारी गराए ।
महालक्ष्मी नगरपालिकामा कोभिड संक्रमित सङ्ख्या ५४३ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्तभई स्वास्थ्यलाभ गर्ने २५५, सक्रिय संक्रमित २८५ यीमध्ये होम आइसोलेसनमा २६३ र अस्पतालको आइसोलेसनमा २२ रहेका नरपालिाकाका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए । उनले भने, “ कोरोनाका कारण हालसम्म यस क्षेत्रमा तीन सङ्क्रमितको मृत्यु भईसकेको छ ।”
गत सोमबार मात्रै नगरप्रमुख रामेश्वर श्रेष्ठ २२ औँ दिनमा कोरोना संक्रमणबाट मुक्त भएका थिए ।
उक्त नगरपालिकाले कोभिड संक्रमणको शङ्का लागेका व्यक्तिलाई मध्यनजर गरेर ती वडामा हप्तामा दुईपटकसम्म कोरोना परीक्षण गर्ने गरेको नगरप्रमुख श्रेष्ठले बताए। “कोरोनालाई ख्यालठट्टा सम्झेर चियापसल अनि टोलटोलमा बसेर गफ नगर्न, मास्कको उचित प्रयोगका साथै यात्रामा सामाजिक दूरी कायम गर्न र चाडवाड नजिकिएसँगै सामन खरिदका लागि बजार नजान आग्रह गर्दछु”, उनले भने, “कोरोनाको लक्षण नदेखिएका व्यक्तिबाट झन संक्रमण बढ्नसक्ने महसुस गरिरहेको छु । यसैले शङ्का लागेका व्यक्तिलाई कोरोना परीक्षण गर्न बोलाउँदा ठाडै अस्वीकार गर्ने गरेको पाइएकाले स्वास्थ्यमा विशेष ध्यानदिन सबैलाई अनुरोध गर्दछु ।”
गोदावरी नगरपालिकामा संक्रमणको सङ्ख्या ३०४ पुगेकामा निको भई डिस्चार्ज हुनेको सङ्ख्या १५१, होम आइसोलेसनमा रहनेहरू १३६, अस्पतालमा उपचार गराइरहनेहरूको सङ्ख्या छ । यसैगरी बडिखेल नगरपालिकामा आइसोलेसनमा छ र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
उक्त नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा गत मंगलबार कोरोना सङ्क्रमण मुक्त भएका थिए । कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीमध्ये चार सक्रिय संक्रमित आइसोलेसनमा रहेका र बाँकी नौको रिपोर्ट नेगेटिभ आइसकेको स्वास्थ्यशाखा संयोजक नवलकिशोर महतले बताए । वाग्मती गाउँपालिकामा संक्रमितको सङ्ख्या १३ पुगेकामा होम क्वारेन्टाइनमा छ र निकोभर्ई डिस्चार्ज हुनेको सङ्ख्या सात पुगेकोे संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए।
महाङ्काल गाउँपालिकामा संक्रमित सङ्ख्या १४ पुगेकामा निकोभर्र्ई डिस्चार्ज हुनेको सङ्ख्या आठ र होम आइसोलेसनमा पाँच र एकको अस्पतालमा उपचार भइरहेको बताउँदै स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले भने, “हामीले होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्यलाई ख्याल गरेर कोरोना पुष्टि भएको दिनदिेखि तीनदिन, पाँचदिन, सातदिन, १०दिन र १४औँ दिनमा उनीहरूको स्वास्थ्य अवस्थाबारे फोन गरेर बुझ्ने गरेका छाैँ ।”दक्षिण ललितपुरको तीन गाउँपालिकाका कुनै पनि व्यक्तिले हालसम्म कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार