अझैसम्म पनि लाभग्राहीको सूचिमा परेनन पुनः निर्माणमा छुटेका घरपरिवार
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २२:२५:५५
२५ असोज, धादिङ । बिनासकारी भूकम्पले घर लडेपछि छिमेकी गाउँका सबैजसोले लाभग्राहीको सूचिमा परेर सरकारी अनुदान पाए तर गजुरी गाउँपालिका वडा नम्बर ५ राई गाउँका केही घरबाहेक अधिकांश लाग्राहीको सूचिमा दर्ता हुन पाएनन् ।
गाउँभरीका १६३ घरमध्ये ४९ घरपरिवार अझैसम्म पनि लाभग्रहीमा पर्न नसकेकाले सरकारले दिने राहत पाउन नसकेको वडा सदस्य मङ्गल राइले बताए । जब भूकम्पले घर भत्कायो तब सबै मानिसको घरमा बस्न नहुने अवस्था आयो । सरकारले निजी आवास पुनःनिर्माणको काम थालेपछि गाउँमा आएका इन्जिनियरले सबैको घरको अनुगमन गरे तर केही मानिसका लागि मात्र अनुदान पाउनेमा राखेकाले आफूहरू समस्यामा परेको पीडितहरूको गुनासो छ ।
धेरै पटकको जनप्रतिनिधिहरूको पहल र गाउँबासीको माग पछि केहीमात्र भूकम्प पीडितहरूको घर बनाउन लाभग्राही सूचिमा नाम पारेपनि अझै धेरै मानिस छुटेको चनमती राईले बताए । शहरबाट आएका इन्जिनियरहरूलाई आफूले खाना खुवाएर गाउँ घुमाएकामा आफ्नै घर पनि नपरेको र केही समयअघि पुनःनिर्माण प्राधिकरणमा निवेदन दिनुपरेको उनको गुनासो थियो । गाउँबासीको धेरै किसिमका गुनासा छन् । नाम छुटेको, निवेदन दिन जाँदा आफूहरूको कुरा नसुनेको र निवेदन नै नलिएकोजस्ता धेरै उनीहरूको भनाइ थियो ।
जिल्लामा पुनः निर्माणको कामले तिब्रता लिएको र केही गाउँमा मात्र धेरै लाभग्राही हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख इन्जिनियर राकेशराज मिश्रले बताए । जिल्लामा ८४ हजार ७६२ घर लाभग्राहीको सूचिमा दर्ता भएपनि हालसम्म ८० हजार १९५ लाभग्रहीले मात्र पहिलो किस्ता लिएका र ६४ हजार ७३६ लाभग्रहीलेमात्र घर निर्माण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार