ईप्रका सुगौली बिर्ताको टोलीद्धारा ठुलोमात्रामा लागुऔषध बरामद
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २२:४७:३९
वीरगंज २५ असोज । जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय सुगौली बिर्ताले भारी मात्रामा लागु औषध बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट प्रहरी नायव निरीक्षक सुमन सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं २४ बहुअरी चौक नजिक भारतीय ट्रकबाट १२ सय ६ पीस लागुऔषध वीनरेक्सको बोतल र आठ सय ९१ एम्पुल, नुरफिन, माईजोपाम, फेनरागन ईन्जेकसनसहित तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट विषेश सुचनाको आधारमा सई सुमन सिंहको नेतृत्वमा खटेको प्रहरी टोलीले वीरगंज आईसीपीबाट जाचँपास भई छुटेको एच आर ३८ भी ४८९५ नम्बरको भारतीय ट्रक माथि शंका लागि चेकजाँच गर्दा उक्त ट्रकको चालक क्याविनबाट, चालक बस्ने सीटको पछाडीको सीटमुनी र सोही क्याविनको बोर्नटको क्याविनमा लुकाईछिपाई ल्याईराखेको लागुऔषध नुर्फिन दुई सय ९७ एम्पुल ईन्जेक्सन, फेनरागन दुई सय ९७ एम्पुल ईन्जेकसन, डाईजोपाम दुई सय ९७ एम्पुल ईन्जेक्सन, र वीनरेक्स १०० एमएलको १२०६ बोतलसहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता मनोजित कुँवरले जानकारी दिए ।
पक्राउ पर्नेमा ट्रकका चालक भारत पुर्वी चम्पारण जिल्ला मोतीहारी थाना रक्सौल हर्दिया वडा नं ४ बस्ने बिक्रान्त पटेल, ट्रकमा सवार सोही ठाँउ बस्ने रामबालक राम र आकाशकुमार राम रहेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ गरिएका तीनैजना माथि लागु औषध एेन २०३३ बमोजिम आवश्यक कार्यवाही गरिने पर्सा प्रहरीका प्रवक्ता मनोजित कुवरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा खेतमा लुकाइराखेको अवैध सालको काठ बरामद
कात्तिक ७, २०८१ बुधबार
हेटौंडामा ८ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ, बरामद सुनको मूल्य ११ करोड ४३ लाख
असोज १९, २०८१ शनिबार
सुन तस्करीको लाइन मिलाउने थुप्तेनलाई थुनामा राख्न सर्वोच्चको आदेश
असोज १२, २०८१ शनिबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
ट्याखोलामा निर्माण गरिएको झोलुङ्गे पुल
कात्तिक १६, २०८१ शुक्रबार
मैतीदेवी मन्दिरमा भक्तजन
कात्तिक १६, २०८१ शुक्रबार
भाइटीका फूल किन्दै स्थानीय बासिन्दा
कात्तिक १६, २०८१ शुक्रबार
‘स्थायी बासस्थानको आशामा बित्यो बाढीपहिरो पीडितको एक महिना’
कात्तिक १६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
सांस्कृतिक पर्वका रुपमा किन मनाइन्छ तिहार ?
कात्तिक १६, २०८१ शुक्रबार