आईजीपीको नीतिलाई नै माथ खुवाउने न्यापाने र गिरि को हुन् ?
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार ०:१:५३
२५ असाेज, चितवन । वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले संगठनलाई आमूल परिवर्तन गर्लान् भन्ने आम चर्चा र विश्वास भईरहेको बेला काम भने ठीक उल्टो देखिएको छ । जसरी मिशनमा जान जेष्ठताको आधार बनाइयो त्यसरी नै सरूवामा पनि पारदर्शिता होला भन्ने सबै प्रहरीमा विश्वास थियो । अझ काज प्रक्रिया त रकम उठाउने मेसो भएको छ ।
त्यसको सानो उदाहरण चितवनमा लामो समयदेखि कार्यरत विवादित दुई प्रहरीको घटनाले पुष्टि गर्छ । हवल्दार बाबुराम न्यौपाने र सिपाही पवन गिरी यसको उदाहरण हुन् । जागिर खाएदेखि चितवन ट्राफिक प्रहरी नछाड्ने न्यौपानेको काज दोलखा ट्राफिक भयो । बागमती प्रदेश प्रहरीको सहमतिमा ट्राफिक प्रहरी बागमतीले सो सरुवा गर्यो । तर हाजिर भएको हप्ता दिन हुन नपाउँदै उनको काज फेरि पूर्वी नवलपरासी भएको छ ।
जबकी न्यौपानेको दरबन्दी कहाँ कहाँ भएको छ तथा उनी चितवन ट्राफिकमा कति सालदेखि कार्यरत रहेका छन् भन्ने बारेमा उनको रेकर्ड हेरेमा प्रष्ट हुन्छ । समाचार स्रोतका अनुसार पूर्व डीआईजीपी ज्ञानेन्द्रबिक्रम महतले उनलाई शुरूदेखि नै संरक्षण गर्दै आएका छन् । हालसम्म पनि उनैको संरक्षण रहेको प्रहरी कै कतिपय कर्मचारीहरु बताउँछन् । तर रिटायर्ड डीआईजीको संरक्षण छ भन्दैमा न्यौपानेलाई नियम कानुन नलाग्ने हो भने न्यौपानेको लागि स्थायी आदेश किन नगर्ने कि अवकाश नभएसम्म चितवन ट्राफिक भनेर यतिबेला प्रहरीभित्रै चर्चा हुने गरेको छ ।
उनले चितवन ट्राफिक बसेर रामनगर जस्तो महङ्गो ठाउँमा ठूलो घर, मारूती जेन कार र महेन्द्रा म्याजिक मात्रै खरिद नगरी क्रसरमा समेत लगानी गरेको कुरा चितवनका ट्राफिक प्रहरी र रामनगरबासीहरूलाई समेत थाहा भएको स्रोतको दावी छ । पूर्व डीआईजी महतको छोराले चितवनमा ठेक्का र सप्लायर्सको व्यापार गर्छन् । त्यो व्यापारको सम्पूर्ण रेखदेख र काम यिनै हवल्दार न्यौपानेले गर्ने हुनाले महतले सधै चितवन ट्राफिक वा वरपर उनलाई राख्ने गरेको स्रोतको भनाई छ ।
समाचार अनुसार अहिले पनि काज रोक्न उनले अनेकौं प्रयास गरे । डीआईजी महतकै सिफारिसमा एआईजीपी निरज शाहीलाई यसमा प्रयोग भएको स्रोतको दावी छ । बागमति प्रदेशका डीआईजी बसन्त लामाले उनको जसरी पनि रमाना गराउने आदेश दिएपछि केही दिन उनी दोलखा त गए तर हप्ता दिन नवित्दै निरज शाहीलाई प्रयोग गरि पूर्वी नवलपरासी ट्राफिक काज गराएको स्रोतको भनाई छ । प्रहरीमा यो भन्दा ठूलो बिडम्वना र मनपरि के हुन सक्छ ? भन्ने प्रश्न उठेको छ ।
त्यसैगरि अर्का सिपाही पवन गिरीको अवस्था पनि यस्तै छ । चितवन जिल्ला प्रहरी कार्यालयको बदनाम र विवादित घुमुवा हुन गिरी । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा दरबन्दी भएपनि जिल्ला एसपीको घुमुवा भएर बसेका थिए गिरी । समाचार स्रोतका अनुसार धेरै बदनाम भएको उजुरी परेपछि डीआईजी बसन्त लामाले गिरीलाई घुमुवाबाट हटाएर दरबन्दीमा हाजिर गराउन जिल्ला एसपी नान्तीराज गुरूङलाई आदेश दिएपछि गिरी गीतानगर ट्राफिकमा हाजिर भएका थिए ।
बदनाम भएको कारण डीआईजी लामाकै सहमतिमा ट्राफिकका एसपी शान्ति कोइरालाले गिरीलाई सिन्धुपाल्चोक काज गरे । काज गरेको तीन दिनमा प्रहरी मुख्यालयले गिरीको काज पूर्वी नवलपरासी गर्यो । यी दुई प्रमाण र उदाहरणले थाहा हुन्छ कि प्रहरीको नेतृत्व बदनाम हुने र गर्ने काम कसरी भैरहेको छ । यस्ता अनगिन्ती उदाहरण हुँदै गर्दा आईजीपी थापाले अरू प्रहरीलाई नीति र पारदर्शिताको कुरा र भाषण दिन कसरी सुहाउँला त ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
साउदी अरबपछि सिंगापुरमा पनि सिंघम अगेन रिलिज नहुने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही
कात्तिक १६, २०८१ शुक्रबार
सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर
कात्तिक १६, २०८१ शुक्रबार
आज देशभर मौसम अनुकूल रहने
कात्तिक १६, २०८१ शुक्रबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार