कृषकहरुले हात ठड्याउदै भने:- हामी उत्पादन गर्छौं, बजारको व्यवस्थापन गरिदिनु पर्यो
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार ०:४४:५०
२५ असोज, स्याङजा । वालिङ नगरपालिका वडा नम्वर १४ का कृषकहरुले आफूहरुले जतिपनि उत्पादन गर्नसक्ने भन्दै बजारको व्यवस्थापन गरिदिन माग गरेका छन् ।
वालिङकोे दक्षिणी भेग पर्वतको सीमानामा व्यवसायिक रुपमा कृषि कर्म गर्दै आएका कृषकहरुले बजारको अभावमा समस्या उत्पन्न भएको बताएका हुन् । कोरोनाको माहामारीको कारण आफूहरु प्रभावित भएको उनीहरुले बताएका छन् ।
व्यवसायिक खेती सम्वन्धी तालिम तथा कृषि औजार हस्तान्तरण कार्यक्रममा बोल्दै उनीहरुले आफूहरु विकट गाँउमा रहेकाले सही समयमा बजार र आवश्यक प्राविधिक तथा अन्य सहयोग पाउन नसकेको गुनासोे गरेका छन् ।
युएनडीपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत उत्पादन बढाउने उद्देश्यका साथ स्थलगत रुपमा नै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
सो अवसरमा वालिङ नगरपालिका कृषि शाखाका प्रमुख केशबहादुर थापा, वालिङ नगरपालिका वडा नम्वर १४ का समाजसेवी एवं युवा नेता राजु कुँवर, दियालो युएनडीपीका फिल्ड अधिकृत गंगाधर खनाल (राजु), स्थानीय बिद्यालयका प्रधानाध्यापक धनबहादुर हमाल, हरियाली सुन्तला उत्पादन सहकारीका अध्यक्ष गीरबहादुर खाँम्चा लगायतले बोलेका थिए ।
४० जना कृषकहरुको सहभागिता रहेको तालिममा केशबहादुर थापा र शोभाकान्त पाण्डेले प्रशिक्षण दिएका थिए । स्थलगत रुपमा नै गरिएको प्रशिक्षण कार्यक्रममा स्थानीय समुहको लागि सामुहिक रुपमा नर्सरी समेत राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार