मन्त्रिपरिषद बैठकको निर्णय : कसको नियुक्ती कहाँ ?
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार १:२०:४८
२५ असोज, काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । असोज २२ गते बसेको बैठकका निर्णय सरकारले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । मन्त्रिपरिषद बैठकको निर्णय अनुसार नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश उर्फ प्रकाश पौडेललाई नियुक्त भएका छन् ।
यस्तै लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नंबर २१ का सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।
कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम विकास परिषदको अध्यक्षमा डा. वशिष्ट प्रसाद रिजाललाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । यस्तै सिंहदरबार वैद्यखानाको अध्यक्षमा डा.बाबुराजा अमात्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै औषधी परामर्श परिषदमा संघरत्न बज्राचार्य, बाबुराम हुमागाई र दीपकप्रसाद दाहाललाई नियुक्त गरिएको छ । राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्षमा डा.देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार