सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १४:१५:३
२६ असोज, दमौली । पुरातत्व विभागले सम्पदा पुनर्निर्माणका लागि जनशक्ति तयार गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा १५ दिनको तालिम आयोजना गरेर जनशक्ति तयार गरिइएको हो । विनाशकारी भूकम्पमा परेर क्षति भएका पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणका लागि जनशक्ति तयार गर्ने उद्देश्यले विभागले बन्दीपुरमा तालिमको आयोजना गरेको थियो । विभागका छविकार एवं तालिमका सहसंयोजक ओमकुमार श्रेष्ठका अनुसार तालिमबाट ४५ जना कालीगढ सम्पदा पुनर्निर्माणका लागि दक्ष भएका छन् ।
तालिममा देशका विभिन्न जिल्लाबाट कालीगढ सहभागी थिए । तालिमका सहभागीहरुलाई तीन समूहमा विभाजन गरि गाह्रो लगाउने, काष्ठकला सम्बन्धी र ढुङ्गा कुँद्ने सम्बन्धी सीप प्रदान गरिएको तालिमका प्रशिक्षक कृष्णगोविन्द प्रजापतिले जानकारी दिए । विसं२०७२ को भूकम्पबाट धेरै जिल्लामा मन्दिर, पाटीपौवा र धर्मशालाहरु क्षति भएका र ती मध्ये अझै धेरैको पुनर्निर्माण गर्न बाँकी रहेको पुरातत्व विभागका छविकार श्रेष्ठले बताए । “दक्ष कालीगढहरु नहुँदा पुरातात्विक सम्पदा पुनर्निर्माण कार्य पूरा भएको छैन,” उनले भने, “तालिम पश्चात् दक्ष जनशक्ति उत्पादन भएकाले पुनर्निर्माणमा सहयोग पुग्नेछ ।”
गत चैत पहिलो साता नै तालिम शुरु गरिएको भएपनि चैत ११ गतेबाट देशैभर लकडाउन भएका कारण तालिम स्थगित भएको थियो । बाँकी तालिम गत मङ्गलबारबाट शुरु गरिएको थियो । तालिमका सहभागी बन्दीपुर निवासी सुरज जोशीले तालिमले निकै फाइदा गरेकाले अब काष्ठकलामा निपुण हुने र पुरातात्विक सम्पदा पुनर्निर्माणसँगै काष्ठकलाको व्यवसाय शुरु गर्ने सोच राखेको बताए । तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न सकेमात्रै तालिमको प्रभावकारिता रहने बताए ।
माछा मार्नेलाई जरीवाना
बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेस्थित चुँदीखोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई जरीवाना गराइएको छ । अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई जनही रु पाँच हजारका दरले जरीवाना गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा भानु नगरपालिका–१ कल्याणटार बस्ने विशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, विनोद परियार र सम्राट तामाङलाई पक्राउ गरेको थियो । प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरुलाई जलचर ऐन २०१७ बमोजिम जिल्ला प्रशासन कार्यालयबाट आइतबार जरीवाना गराइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार