पहिराे पीडित परिवारलाई राहत रकम हस्तान्तरण
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १४:३१:१६
२६ असोज, कास्की । गत साउन २ गते विहान गएको पहिराेमा परी मृत्यु भएका माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुखका तीन जनाको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ । गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट रु ५० हजार तथा तथा गाउँपालिकाबाट रु ५० हजार गरी मृतकका परिवारलाई जनही रु एक लाखका दरले राहत प्रदान गरिएको हो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका थिए । खोराकोमुख पाखाका प्रेमराज विकको घर माथिबाट आएको पहिराेमा पुरिएर उनका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।
राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढी घटेको बताउँदै विस्थापितहरुको पुर्नःस्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताए । सङ्घीय सरकारसँगको सहकार्यमा विस्थापितहरुका लागि आवास निर्माण गरिने उनले जानकारी दिए । मन्त्री चुमानका अनुसार मनसुन शुरु भएयता प्राकृतिक विपत्ति परेर गण्डकी प्रदेशमा १२६ जनाको मृत्यु तथा २३ बेपत्ता छन् । विपत्तिमा परेर ८९ जना घाइते भएको बताइन्छ ।
गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले इञ्जीनियरिङ डिजाइन तथा नाप जाँच बिना खनिएका ग्रामिण सडकका कारणबाट वर्खायाममा जनधनको क्षति पुगेको बताए। यस वर्ष पहिरोमा परी कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार