नेकपा भित्रको चिरा केन्द्रदेखि प्रदेशसम्मै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १८:१५:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-dahal_SoUlqSSMQx.jpg)
२६ असाेज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तद्धन्द्ध साम्य भईनसक्दै अर्काे झमेला थपिएको छ, कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव । केन्द्रमा पार्टी एकतादेखि अन्तरपार्टी व्यवस्थापनमा क्रोनिक समस्या रहेकै अवस्थामा नयाँ झमेला आइपरेको हाे ।
यसबारे पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज घनिभूत वार्ता हुँदैछ । हिजो कर्णाली प्रदेशका बहुमत सांसद्हरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
कुल ३२ सांसद रहेको नेकपा संसदीय दलका १८ जनाले मुख्यमन्त्री शाही विरुद्ध हस्ताक्षर गरेका छन् । जसमा तीनजना पूर्व माओवादी पक्षकै रहेका छन् । केन्द्रमा रहेको समस्याको हल निस्कन सकेको छैन, प्रदेशमा नयाँ बबाल खडा भएको छ– प्रचण्ड निकट स्रोतको भनाई छ ।
यो सबै पूर्वएमालेको नियोजित षडयन्त्र हो । कुनै समस्या भए समाधानका लागि छलफल संवाद गर्नुको सट्टा बलमिच्याईं गर्ने प्रवृत्तिले पार्टी एकताको सन्देश कार्यकर्ता तहमा पुग्न नसक्ने प्रचण्ड निकट स्रोतको दाबी छ ।
खासगरी यामलाल कंडेलको नेतृत्वमा पहिल्यैदेखि शाहीविरुद्ध अभियान थालिएको पनि स्रोतको गुनासो छ । पूर्व एमालेहरु सबै महत्वपूर्ण पदमा आफैं रहनुपर्ने सोचमा रहेकाले समस्या आइपरेको उनको बुझाई छ । अब दुई अध्यक्षले यसको छिनोफानो गर्नुपर्ने भएको छ– स्रोत भन्छ । सांसद कंडेल पार्टी उपाध्यक्ष बामदेव गौतम निकट मानिन्छन् । प्रचण्डले साथ दिइरहेका गौतम निकट सांसद्को नेतृत्वमा यस्तो काम किन भइरहेको छ त्यो नै अनौठो लागेको प्रचण्ड निकट स्रोतको बुझाई छ ।
कतै गौतम ओलीसँग मिलेर प्रचण्डलाई तह लगाउने अभियानमा लागेका त होइनन् ? यस्तो चर्चासमेत अहिले हुन थालेको छ । तर कंडेल भने उक्त आरोप मान्न तयार छैनन् । हिजो साँझ प्रशारित एक टेलिभिजन कार्यक्रममा सांसद कंडेलले भने – यो नितान्त गलत कुरा हो, किनभने केन्द्रीय नेतृत्वसँग जोडिने विषय र सन्दर्भ नै होइन । शाहीजीले जस्तो व्यवहार गर्नु भएको छ, त्यसैको प्रतिक्रिया मात्र हो अविश्वास प्रस्ताव ।त्यसैले केन्द्रीय राजनीतिसँग यसलाई नजोडौं । कंडेलले जस्तो तर्क दिएपनि शाही विरुद्धको अविश्वास प्रस्ताव पार्टी केन्द्रकै चासोको विषय हो । यसबारे कार्यकारी अध्यक्षका नाताले अब प्रचण्डले समन्वय गर्न सक्नुपर्छ । त्यसको परीक्षण गर्ने बेलासमेत अहिले आएको छ ।
शाहीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव मूलतः पूर्व एमाले र माओवादीबीचको बेमेलको उपज हो । केन्द्रमा यसको असर नपर्ने कुरै छैन । आज दुई अध्यक्षले यो विषयमा सहमति जुटाएनन् भने भोलि त्यही अस्त्र अन्यत्रपनि आइलाग्ने अवस्था छ ।
प्रदेश १ र बाग्मती प्रदेशमा पनि पार्टी भित्र ठूलै समस्या छ । दुवै प्रदेशमा ओली पक्षका शेरधन राई र डोरमणि पौडेल मुख्यमन्त्री छन् । राई र पौडेल दुबैलाई हटाउनुपर्ने माग चर्काे रुपमा उठिरहेको छ । शाही विरुद्धको अविश्वास प्रस्ताव पारित भयो भने भोलि अरु प्रदेशमा समेत त्यही रोग सर्ने अवस्था देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार
अविरल वर्षाले जनपथ टोल डुबानमा
असार १२, २०८१ बुधबार
तरकारी बिक्री गरेर घर फर्किँदै महिला
असार १२, २०८१ बुधबार
‘निःशुल्क स्क्रिनिङ शिविर’ राखेर स्थानीय महिलाको पाठेघर र स्तन परीक्षण
असार १२, २०८१ बुधबार