नगरप्रमुख अधिकारीले सार्वजनिक कार्यक्रममा अपशब्द बोल्दै जनतासँग आक्रोशित बनेपछि…
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार २१:२९:३३
२६ असोज, स्याङ्जा । जनताबाट निर्वाचित जनप्रतिनिधि नै निरंकुश बन्दै गएको एउटा उदाहरण स्याङ्जाको गल्याङ नगरपालिकामा देख्न सकिन्छ । पत्रकारलाई धम्क्याउने र जनता थर्काउने उपाधि नै पाएका गल्याङ नगरपालिकाका नगरप्रमुख भूपराज अधिकारीले गत भदौ २५ गते बिहिवार जनता भेला गरि अपशब्द प्रयोग गर्दै जनता थर्काएको भिडियो ढिलो गरि हामीलाई प्राप्त भएको छ ।
मेयर रिसाउनु पर्ने कारण थियो, गल्याङमा बसपार्क बनाउने निहुँमा आफ्ना कार्यकर्ताको नाममा जग्गा पास गरिदिनु पर्ने त्यो पनि गुन्द्रुकको मोलमा । प्रस्तावित बसपार्क बनाउने ठाँउ वरिपरिका जग्गाहरु, जो सर्वसाधारण जनताको हो, प्रतिरोपनी साढे तीन लाखमा दिनुपर्ने बारेमा जनताले प्रश्न गर्दा मेयरले यस्तो अश्लील भाषा प्रयोग गरेको बताइएको छ । मेयर र उनका कार्यकर्ताको मिलेमतोमा सोझासिधा जनताको जग्गा कौडीको भाउमा उठाएर बसपार्कलाई महंगो मुल्यमा बिक्री गर्ने तयारी गरेको आरोप स्थानीय जनताले लगाएका छन् ।
आफुले गरेका सबै काममा सधै ताली मात्रै खोज्ने र चित्त नबुझेका जनतालाई मिलाए लैजान पर्छ भन्दापनि दवाएर जानुपर्छ भन्ने मानसिकता भएका नगरप्रमुखले गल्याङमा बसपार्क निर्माण गर्न भनी जनता जम्मा पारेर जनतालाई नै थर्काउँदै गरेको भिडियो सार्वजनिक भएसँगै उनको निरंकुशताको सर्वत्र आलोचना भएको हो ।
आफ्ना कर्तुत लेख्ने पत्रकारलाई प्रशासन लगाएर ठेगान लगाउन खोजेका नगरप्रमुखले आफ्नो बारेमा नकारात्मक टिप्पणी गर्नेहरुलाई कसरी ठेगान लगाउने भनेर नगरपालिकामा बैठक समेत गर्ने गरेका कुराहरु सार्वजनिक हुँदै आएका छन् ।
यो भिडियो गल्याङ नगरपालिका ११ मुडकिल्लामा बसपार्क बनाउने योजनाको बारेमा स्थानीय जम्मा गरेर कुराकानी गर्ने क्रममा स्थानीयले विभिन्न प्रश्न गरेपछि नगरप्रमुख आक्रोशित बनेर प्रश्नकर्तामाथि अपशब्द प्रयोग गरेका थिए ।
हाम्रो समाजले स्वीकार गर्न नसक्ने शब्दहरु प्रयोग गरेर उनले आफ्नो मात्रै होइन सिङ्गो नगरपालिकाको गरिमामा प्रश्न चिह्न खडा गरेका छन् ।
ल हेर्नुस मेयर अधिकारीले यसरी गरे गाली भिडियोसहित…..
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार