विकास बैंकले किन ततायो बजार ? आजको बजार बिश्लेषणले के देखायो ?
आर्थिक संवाददाता
असोज २६, २०७७ सोमबार २२:५०:१०
२६ असोज, काठमाडाैं । आज दोश्रो बजारमा सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक १ दशमलव ७४ अंकले वृद्धि हुँदै १५७८ दशमलव ०१ को विन्दुमा बन्द भएको छ । आज १८९ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ९४ करोडको शेयर कारोवार भएको छ ।
विकास बैंक उपसुचकमा आज सर्वाधिक वृद्धि भएको छ । विकास बैंक उपसुचकमा ३ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । विकास बैंकको लिडर कम्पनी मुक्तिनाथ विकास बैंकको बजार मूल्यमा माथिल्लो सर्किट लागेको छ ।
नेप्से परिसूचक १५८० दशमलव १५ को विन्दुमा खुलेकोमा ११ बजेर ४० मिनेटमा १५६६ दशमलव ४० को न्यून विन्दु समातेको थियो । त्यस्तै बजारले २ बजेर २९ मिनेटमा १५८० दशमलव ८० को उच्च विन्दु सम्म पुगेको थियो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६१५ । प्रतिरोध १ः १५८० । टेवा १ः १५६६ । टेवा २ः १५४०
आज कारोबारको पहिलो समयमा बजार घटे पनि पछिल्लो समयमा बजार बढेको छ । आजको मैनबत्तीले “बुलिस पिन बार”को आकृति बनाएको छ, यसले बजार केहि सकारात्मक हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलार्ई पनि बिश्लेषण गर्नु पर्ने हुन्छ । आजको परिमाण भने सामान्य रहेको छ ।
दैनिकी अवधिमा “आरएसआई” ६१ दशमलब ०५ को बिन्दुमा छ । यसको प्रवृत्तिले हालसम्म बजार सकारात्मक क्षेत्रमा रहेको जानकारी गरेको छ। “एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ। “अन ब्यालेन्स भल्यूम” ले बजारमा माग बढी रहेको जानकारी गराएको छ।
यदि बजार १६१५ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने देखिन्छ । हालको तत्कालिन टेवा १५४० को क्षेत्रमा रहेको देखिन्छ । नेप्से १५४० भन्दा माथि स्थिर रहनुु भनेको बजार सकारात्मक क्षेत्रमा रहनु बुझिन्छ ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार