किन हिजो आज मंगलग्रह धेरै ठूलो र चम्किलो देखिन्छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार १:२५:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/mars_lXkq6fes93.jpg)
२६ असोज, काठमाडौं । के तपाईले हिजो आज मंगलग्रह हेर्नु भएको छ ? यदि तपाईले हेर्नु भएको छ भने याद पनि पक्कै गर्नु भएको होला । हिजोआज मंगलग्रह धेरै ठूलो र चम्किलो किन देखिन्छ ?
यदि याद गर्नु भएको छैन भने अबदेखि रातमा बाहिर निस्किनुहोस् र आकाशमा हेर्नुहोस् त ! पृथ्वी सँगसँगै सूर्यको एकैतर्फ देखापरेको मंगल हिजोआज सबैभन्दा ठूलो र चम्किलो देखिएको छ। हरेक २६ महिनामा पृथ्वी र मंगलको यो जोडी एक अर्कासँग सबैभन्दा नजिक आइपुग्छन् अनि फेरि आ-आफ्नै कक्षमा घुम्दै टाढिँदै जान्छन्।
मंगलबार राति त्यो खास क्षण आउनेछ जसलाई खगोलशास्त्रीहरूले ‘अपोजिसन’ अर्थात् आमनेसामने भन्ने गरेका छन् । यी तीनवटै ग्रह जीएमटी २३:२० मा एक सीधा लाइनमा हुनेछन् । तर त्यो हेर्न मध्यरात कुर्नै पर्दैन । रातमा आकाशमा त्यो देखिइहाल्छ ।
यो हप्ता एकअर्काको आमनेसामने देखिने भए पनि गत हप्ताको मंगलबार मंगल र पृथ्वी २६ महिनापछि सबैभन्दा नजिक भएका थिए । तिनीहरू अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन् । सन् २०३५ सम्म सबैभन्दा कम दूरी यहीँ नै हुनेछ ।
यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मंगल जम्मा ५८ करोड किलोमिटर टाढा थिए । खगोल फोटोग्राफरहरूका लागि यस पटकको मंगलको दृष्य विशेष छ किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त छ।
यदि तपाईले आधा कम क्षमताको टेलिकोस्पमा पनि मंगलका विवरणहरू देख्न सक्नुहुनेछ । पृथ्वी र मंगल आमनेसामने हुने समय पारेर विभिन्न मुलुकले पृथ्वीबाट मंगलग्रहतिर अन्तरिक्ष यानहरू पठाउने गर्छन्। अहिले पनि यस्ता तीन यान मंगलग्रहतर्फ पठाइएका छन् । सबै यानहरू जुलाई महिनामा पठाइएका हुन् । पहिलो युनाइटेड अरब एमिरेट्सका होप अर्बिटर, चीनको तीयानवेन अर्बिटर तथा रोवर र अमेरिकाको पर्सिभेरेन्स रोवर।
युरोप र रुसले पनि यान पठाउने योजना बनाएका थिए । तर उनीहरूले समयमा यान पठाउन नसकेकाले सन् २०२२ सम्म कुर्नुपर्नेछ । होप तीयानवेन र पर्सीभेरेन्स फेब्रुअरी महिनामा मंगलमा पुग्ने योजना रहेको बीबीसीमा उल्लेख गरिएको छ । सन् २००३ मा मंगल पृथ्वीको सबैभन्दा नजिक आइपुगेको थियो । त्यसबेला पृथ्वी र मङ्गल ग्रहबीचको दूरी ५६ करोड किलोमिटर मात्र थियो।
आमनेसामने हुँदा यी दुई ग्रहबीचको दूरी १०० करोड किलोमिटरसम्म पनि हुन्छ जुन सन् २०१२ मा भएको थियो। दुई ग्रहबीचको दूरीमा फरकपन चाहिँ यी दुई ग्रहले घुम्ने अण्डाकार कक्षमा भर पर्ने गर्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
स्टारलिङ्क विस्तारका लागि मस्कसँग वार्ता भइरहेको बङ्गलादेशको भनाइ
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार