गृहसचिवको नाममा अनेकधन्दा, प्रहरीलाई मासिक ४० हजार, सिडिओलाई ३०
नेपालबहस संवाददाता
असोज २७, २०७७ बुधबार २:२४:३७
२७ असोज, काठमाडौं । सिडिओ सरुवामा कुनै सिष्टम नहुँदा यतिबेला गृह प्रशासन अस्तव्यस्त हुन थालेको छ । गृह प्रशासनको अनुभव नै नभएका उपसचिव र सहसचिवलाई चलखेलका आधारमा धमाधम सिडिओ बनाएर पठाउन थालिएको छ । यस्तो विकृतिले जिल्लाहरुमा अवैध धन्दा फस्टाउन थालेको छ ।
उदारणका लागि बाग्लुङमा हेर्न सकिन्छ । बाग्लुङमा सिडिओ रहेका गौलोचन सैजुलाई ६ महिनामै हटाएर सुरेश न्यौपानेलाई पठाइएको छ । न्यौपानेले क्षमताका आधारमा होइन, गृहसचिव महेश्वर न्यौपानेको पावरका आधारमा सिडिओ हुने अवसर पाएका हुन् । गृहसचिवका आफन्त भएकाले उनलाई बाग्लुङमा पठाइएको बताइएको छ ।
बाग्लुङमा सिडिओ भएर गएका न्यौपानेले महामारीको बेलामा पनि कमाउनमै ध्यान केन्द्रीत गरेको स्रोत बताउँछ । कतिसम्म भने प्राकृतिक विपद्लाई समेत उनले कमाउने अवसर बनाएको आरोप उनीमाथि लागेको छ ।
समाचार स्रोतले दिएको जानकारी अनुसार गत १० साउनमा बाग्लुङ नगरपालिकाको वडा नम्बर १ निरहुघाटमा सुख्खा पहिरो गएको थियो ।जुन पहिरो हटाउने क्रममा जेसीबीका चालकहरु पुरिएका थिए । जसमध्ये रोशन नेपालीको मृत्यु भएको थियो भने, राजु माझी घाइते भए । अर्का कामदार नेत्रबहादुर पुन हालसम्म बेपत्ता छन् ।
स्रोतका अुनसार पहिरो हटाउने नाममा ठेकदार विमलेश आचार्यले गिटी उत्खनन गरेका थिए । लाइसेन्स नै नभएका चालक राजु माझीलाई जेसिबी चलाउन दिइएको थियो । सिडिओ न्यौपाने, मेयर जनकराज पौडेल तथा वन उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा त्यसरी उत्खनन गर्दा दुर्घटना भएको थियो । यसले जिल्लामा कुन हदसम्म बेथिती बढेको छ भन्ने प्रष्ट हुन्छ ।
त्यस्तै, प्रहरी र प्रशासनकै मिलेमतोमा जिल्लाको ताराखोला गाउँपालिकामा प्राकृतिक दोहन चलिरहेको छ । जहाँ ४४ वटा ढुंगाखानी सञ्चालन गरिएको छ । जसमध्ये अधिकांश मापदण्ड विपरीत छन् ।
ताराखोला गाउँपालिका वडा नम्बर ५ का हिमाल विक, कलाधर सुवेदी, वडा नम्बर ४ का धनबहादुर खत्रीले सेटिङमा ढुंगाखानी चलाउँदै आएका छन् । मापदण्ड विपरीत सञ्चालनमा रहेको कमेरेपानीको खानीका कारण धप्लेङका बस्ती जोखिममा रहेको गुनासो स्थानीयले गर्दै आएका छन् । तर, उच्च तहको सेटिङका कारण उत्खनन रोकिएको छैन । राती राती यहाँका ढुंगा पोखरा पु¥याइने गरिएको छ ।
त्यसवापत प्रहरीलाई मासिक ४० हजार, सिडिओलाई ३०, राजश्व कार्यालयलाई २० तथा वन कार्यालयलाई २० हजार रुपैयाँ दिने गरिएको स्रोत बताउँछ । हालै बाग्लुङ पुगेका एसपी लोकेन्द्र श्रेष्ठसँग समेत सो समूहले सेटिङ मिलाइसकेको स्रोत बताउँछ । आफु गृहसचिवको आफन्त भएकाले कसैले केही गर्न नसक्ने भन्दै सिडिओ न्यौपानेले सिधैं डिल गर्ने गरेको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार