बर्दघाट नगर प्रमुखलाई कोरोना, नगरपालिकाको सेवा बन्द
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार १७:३५:१९
२८असोज,नवलपरासी । नगर प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नवलपरासी-बर्दघाट सुस्तापश्चिम)स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।
नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारी तथा जनप्रतिनिधिको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए । वडा नं ४ को वडा कार्यालयबाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालय, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ ।
कोभिड नियन्त्रण र नागरिकको सेवामा निरन्तर खटिरहेका अवस्थामा नगर प्रमुख बस्याललाई कोरोना संक्रमण पुष्टि भएकामा नगरपालिकाले स्वास्थ्यलाभको कामना गरेको छ । कोरोना पुष्टि भएपछि प्रमुख बस्याल होम आइसोलेशनमा रेहेका तथा स्वास्थ्यवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले कोभिड –१९ को महामारीबीच सञ्चालनमा आएका विद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण दर बढ्दै जाँदा विद्यालयमा आएका विद्यार्थीलाई जोगाउन गाह्रो हुने भएकाले आजदेखि नै विद्यालयमा भौतिक उपस्थितिमा गरिएको पठनपाठन बन्द गर्न निर्देशन दिइएको हो ।
विद्यालयमा गरिने सिकाइ सहजीकरण बन्द गरी वैकल्पिक विधिबाट सिकाइ सञ्चालन गर्न आग्रह गरिएको नगर शिक्षा अधिकारी इन्द्रबहादुर कुंवरले बताए । कक्षा ११ का हकमा भने यो आदेश लागू हुने छैन । सुनवल नगरपालिकाले पनि असोज २६ गतेदेखि सिकाइ केन्द्र तथा विद्यालयमा भइरहेको पठनपाठनमा रोक लगाइसकेको नगर उपप्रमुख दधिराम अर्यालले बताए । सरावल गाउँपालिकाले पनि महामारीलाई ध्यानमा राखी सबै विद्यालय बन्द गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । यससँगै केही समयदेखि सञ्चालनमा आएका विद्यालय फेरि बन्द हुने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार