कांग्रेसको नेतृत्व कसले गर्ला ?
इन्द्र रिजाल
असोज २८, २०७७ बुधबार १८:४४:४३
समाचार टिप्पणी
२८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसले ढिलोचाँडो चौधौं महाधिवेशन गर्छ नै । भलै अहिले कोभिडको त्रास देखाएर संस्थापन पक्षले केही समय लम्ब्याउला । निर्धारित समय त एकवर्ष पूरा भइसक्यो । तर सभापति शेरबहादुर देउवाको अकर्मण्यता र असन्तुष्ट पक्षको लालची स्वभावले कार्यकाल लम्बिएको हो ।
यही वर्षको फागुनमा चौधौं महाधिवेशन गर्ने तिथिमिति निर्धारण भईसक्दासमेत सदस्यता नवीकरण जस्तो आधारभूत काम पनि अवरुद्ध छ । त्यसैले फागुनमै नहोला तर भदौ उता जान र लान सक्ने अवस्था देउवाका लागिसमेत सहज छैन । त्यसैले भदौसम्म महाधिवेशन पक्कै हुन्छ ।
अब स्वभाविक रुपमा प्रश्न उठ्छ, कांग्रेसको नयाँ नेतृत्व कसले गर्ला वा गर्नुपर्ला ? यो प्रश्नको उत्तर गुटगत रुपमा विभक्त पार्टीका कार्यकर्ताले अनुकुलताका आधारमा देलान् । तर नेपाली कांग्रेसलाई साँच्चै नै हृदयदेखि माया गर्नेले दिने उत्तर कतिपयलाई बिझाउने हुन सक्छ । जसले मुख नहेरी रुखलाई मात्रै भोट हालेको छ उसको जवाफ सही हुन्छ । त्यस्ता कार्यकर्ताको कांग्रेसमा स्थान छैन ।
त्यसैले बाध्य भएर नेता कार्यकर्ता कुनै न कुनै गुटसँग आवद्ध छन् । पार्टी सभापतिले नै गुटलाई बढी पोस्ने नीति लिएका कारण कांग्रेसमा विभिन्न गुटउपगुटले मलजल पाएका छन् । एउटा सानो झुण्ड बोकेर पदको बार्गेनिङ गर्ने लहड र होडबाजी नै चलेको छ । जसले गर्दा कांग्रेसमा कृष्णप्रसाद सिटौलाहरुको पसल राम्रै गरी चलेका छन् ।
व्यक्तिगत स्वार्थ पूर्तिका लागि उनले गरेका काम कारवाहीले गत आम निर्वाचनमा उनकै नेतृत्वमा कांग्रेसको लज्जास्पद पराजय भएको छ । प्रतिपक्षमा रहँदासमेत उनी कम्युनिष्ट नेताहरुसँग हिमचिम बढाएर सत्ताको भागबण्डा खोज्न तल्लिन छन् । यिनबाट कांग्रेसले कुनै लाभ पाउन सक्दैन् । त्यसैले पार्टीले देउवाबाट मुक्ति पाए सबैभन्दा उत्तम ।
तर अब समय आईसक्यो, गुटको राजनीति त्यागेर एकताबद्ध हुने । ठूलो र सत्तामा भएका बेला यस्ता गुट उपगुटले अर्थ राख्छ । तर प्रतिपक्षमा त्यो पनि मरिच झैं चाउरिएको अवस्थामा कांग्रेस गुट उपगुटबाट माथि उठ्नै पर्छ । नत्र आगामी आम निर्वाचन भीमकाय बनेको नेकपासँग लड्नु छ । त्यसका लागि कांग्रेसले सबैलाई एकताबद्ध बनाउने नेतृत्व स्थापित गर्नुपर्ने बाध्यता छ । कुन पात्र अबको चुनौती सामना गर्न सक्ने हैसियतको होला त ? माथि नै भनियो उत्तर गुटगत रुपमै आउने हो । तर यो प्रश्नको उत्तर फेरि पनि उही मुख हैन रुख हेर्नेसँग गरियो भने चाहिं सही उत्तर पाउन सकिन्छ ।
एकपटक अहिलेका सम्भावित नेताहरुको बारेमा चर्चा गरौं । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा । चारचार पटक त देशको कार्यकारी प्रमुख नै भइसके । नेपाली कांग्रेसको पार्टी सभापति हुनुपूर्व प्रजातान्त्रिक कांग्रेसका सभापतिसमेत थिए देउवा । त्यस हिसावले हेर्ने हो भने उनी दुईपटक कांग्रेस सभापति भए । यद्यपि वैधानिक रुपमा भने नेपाली कांग्रेसको उनले एकपटक मात्रै नेतृत्व गरेका छन् । उनी अहिले दोस्रो कार्यकालका लागि सबैभन्दा प्रमुख दाबेदार ।
तर विगत हेर्ने हो भने उनी प्रधानमन्त्री र पार्टी सभापति दुबै पदमा सर्वाधिक फेलियर । उनी जब पदमा हुन्छन् केही न केही काण्ड मच्चाईहाल्छन् । संसदीय व्यवस्थालाई विकृत बनाउने सूचीमा उनको नाम सिरान मै पर्छ । प्रजातन्त्र भन्दा उनका लागि पद महत्वपूर्ण देखिएको छ । राजा ज्ञानेन्द्रको हातमा प्रजातन्त्र सुम्पने गौरवशाली इतिहास उनैले रचे । व्यक्तिगत स्वार्थ पूर्तिका लागि उनले गरेका काम कारवाहीले गत आम निर्वाचनमा उनकै नेतृत्वमा कांग्रेसको लज्जास्पद पराजय भएको छ । प्रतिपक्षमा रहँदासमेत उनी कम्युनिष्ट नेताहरुसँग हिमचिम बढाएर सत्ताको भागबण्डा खोज्न तल्लिन छन् । यिनबाट कांग्रेसले कुनै लाभ पाउन सक्दैन् । त्यसैले पार्टीले देउवाबाट मुक्ति पाए सबैभन्दा उत्तम ।
अब अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलका कुरा गरौं । तुलनात्मक रुपमा अध्ययनशील मात्र होइन, विषयवस्तुमा पकडसमेत उनको छ । कांग्रेसको सैद्धान्तिक पक्षमा प्रवचन दिन उनी हच्कँदैनन् । तर उनको सानो मन र चित्तले कहिल्यै कांग्रेसको नेतृत्व गर्न सकेन । उनी पनि फेरि उम्मेदवार बन्ने ध्याउन्नमा छन् । देउवाले चाहना राख्दा पौडेल पछि हट्नुपर्ने कारण नहोला । तर साथीभाईलाई समेट्न नसक्ने उनको स्वभाव उनका लागि ठूलो तगारो बनेको छ ।
त्यसैले देउवाइतर समूहमा उनी एक्ला उम्मेदवार रहन सकेनन् । प्रकाशमान सिंह, डा. शेखर कोइराला, शशांक कोइराला उनी पक्षका सबल दाबेदार हुन् । उनलाई आशा छ, यीमध्ये कसैका नाममा सहमति नहुँदा अन्ततः म नै एक्लो उम्मेदवार हुनेछु । तर परिस्थिति उनले सोचेअनुसार देखिंदैन ।
शेखर र शशांकबीच अहिले उम्मेदवारीलाई लिएर रस्साकस्सी भएको देखिन्छ । गएको महाधिवेशनलगत्तै शेखर देश दौडाहामा छन् भने शशांक चाहिं महामन्त्री भएयता लगभग सुतेरै बसेका छन् । शशांकबाट पार्टी नेतृत्व सम्हालिने अवस्था क्षीण रहेको टिप्पणी शेखर निकट नेताहरु भन्छन् । स्वयं शशांक निकट मानिएका कतिपय नेता कार्यकर्तासमेत धेरै आशावादी छैनन् ।
किनभने शशांकमा आक्रमक स्वभाव र कम्युनिष्टसँग लड्ने अक्कल छैन, जो उनका पिताजीहरुमा थियो । सानुबुवा गिरिजाप्रसाद कोइरालाको स्वभावले नै पार्टीमा नयाँ उर्जा दिन सक्छ भन्ने ज्ञान भएपनि त्यो क्षमता शशांकमा छैन । तर शेखरमा भने त्यो लडाकापन देखिएको छ । त्यसैले आम कार्यकर्ताले एकपटक शेखरको नेतृत्व कांग्रेस खोजेको प्रतीत हुन्छ । यसका पछाडि अर्काेपनि कारण छ, शेखरले अहिलेसम्म देखिने गरी गुट बनाएका छैनन् ।
अब एकपटक दोस्रो पुस्ताका नेताहरुको नेतृत्वमा युवाजमातले कांग्रेस चलाउनुपर्छ । त्यसका लागि शेखर, शशांक र प्रकाशमानहरुको नेतृत्वमा धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिर, गोविन्द भट्टराई, प्रदीप पौडेले जस्ता युवाहरुको पकड हुनुपर्छ ।
प्रकाशमानको कुरा गर्दा उनी गणेशमानको छोरा हुन् । स्थापनाकालदेखि आजको अवस्थामा आइपुग्न कांग्रेसले धेरै उकालीओराली चढ्नुप¥यो । त्यसमा गणेशमान, मंगलादेवी र प्रकाशमानको समेत उल्लेख्य भूमिका थियो । कांग्रेस उपसभापतिसमेत भइसकेका उनी उपप्रधानमन्त्री पनि भएका व्यक्ति हुन् । जसले गर्दा देउवाइतर पक्षबाट उनी सबैभन्दा मुख्य दाबेदारमा गनिन्छन् ।
तर उनको पक्षमा आम कार्यकर्ताको आकर्षण भने छैन । काठमाडौंकै नेताहरुसँग समेत उनको गतिलो सम्बन्ध छैन । देशभरिका कार्यकर्ताले गणेशमानको छोराका रुपमा मात्रै उनलाई चिनेको अवस्था छ । त्यसैले एक्ला उम्मेदवार भैहाल्दा पनि उनको पक्षमा माहोल बन्ने सम्भावना धेरै छैन ।
उता, देउवा अहिलेसम्म आफ्नाे खेमाबाट एक्ला उम्मेदवार छन् । यद्यपि विमलेन्द्र निधिलेसमेत अहिले दाबेदारी प्रस्तुत गरेका छन् । निधिको उम्मेदवारीलाई कसैले हल्का रुपमा लिएका छन् भने कतिपयले यसको प्रभाव देउवामाथि पर्ने लख काटेका छन् । अन्ततः देउवालाई नै निधिले समर्थन गर्ने धेरैको अनुमान छ । जबकी संस्थापनइतर पक्षमा त्यो स्थिति छैन ।
कांग्रेसजनमा एउटा चेत अब भने खुल्नैपर्ने भएको छ, त्यो के भने हिजोका थोत्रा नेता र नीतिले नयाँ कांग्रेस बन्दैन र चल्दैन पनि । अबको कांग्रेसमा नयाँ भिजन हुनैपर्छ , जसले युवा पुस्तालाई आकर्षित गरोस् । त्यसका लागि अहिले भरपर्न सकिने केही युवा पुस्ताका नेताले पहलकदमी लिनु आवश्यक छ । साथै, एकलढंगले कांग्रेस चलाउँछु भन्ने दम्भले अब काम गर्दैन । कांग्रेस भनेको पाका र युवाको फ्युजनबाट मात्रै तयार गर्नुपर्छ । त्यसका लागि नयाँ खाले समीकरण बन्नु आवश्यक छ ।
साँच्चै भन्ने हो भने अब एकपटक दोस्रो पुस्ताका नेताहरुको नेतृत्वमा युवाजमातले कांग्रेस चलाउनुपर्छ । त्यसका लागि शेखर, शशांक र प्रकाशमानहरुको नेतृत्वमा धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिर, गोविन्द भट्टराई, प्रदीप पौडेले जस्ता युवाहरुको पकड हुनुपर्छ । पछिल्लो समय शेखर, प्रकाशमान र गगनबीच यस्तै गठबन्धन बनेको खबर चुहिएको छ ।
शेखरलाई सभापतिमा खडा गर्न गगनले प्रकाशमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी टिम बनाउन सुझाव दिएका छन् । यस्तो खाले गठबन्धनले पार्टीलाई नयाँ उर्जा दिन सक्छ । बरु युवा पुस्ताका धनराज गुरुङ, एनपी सावद, गोविन्द भट्टराई, प्रदीप पौडेल लगायतका नेतालाई यो गठबन्धनमा ल्याउन सक्नुपर्छ । त्यसको पहल गर्ने जिम्मा पनि दोस्रो पुस्ताकै काँधमा आएको छ । हेरौं , यस्तो माहोल बन्यो भने चाहिं कांग्रेस फेरि जनजनको मनमा बस्न सक्ला नत्र भन्न कठिन छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार