कर्णाली विवादबारे ओली–प्रचण्डको कुरो मिलेन !
नेपालबहस संवाददाता
असोज २८, २०७७ बुधबार २१:४४:१
२८ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सत्तासकस अहिले प्रदेश केन्द्रित देखिएको छ । नेकपाको कर्णाली संसदीय दलमा समस्या देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भयो तर दुई अध्यक्षबीच अढाइ घण्टा लामो संवाद भएपनि कर्णालीमा देखिएको विवादबारे दुई अध्यक्षबीच ठोस् सहमति भने जुट्न सकेन ।
सत्तारुढ नेकपाको केन्द्रमै कुरो नमिलिरहेको समयमा अहिले कर्णाली प्रदेशले सकस पारेको हाे । कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ ।
बिहीबार पनि दुवै अध्यक्ष बसेर पुनः छलफल गर्ने कार्यसूची तय भएको छ । कर्णालीका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि समस्या चर्किएको हो । उता मुख्यमन्त्री शाहीले पनि कर्णालीका नेकपा प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन् ।
उक्त विवादमा ओली भर्सेस पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु एक ढिक्का भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार