नेकपा मसाल लगायत २१ राजनीतिक संगठनले भाेली माइतीघरमा विरोध प्रदर्शन गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज २८, २०७७ बिहिबार ०:५९:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/nekapa-masal_uxWPq8q1BH.jpg)
२८ असोज, काठमाडौं । नेकपा ‘क्रान्तिकारी माओवादी’, नेकपा ‘मसाल’ लगायत २१ राजनीतिक पार्टी तथा संगठनहरुले असोज २९ गते अर्थात् भोलि बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् । कोभिड १९ को मापदण्डको पूर्ण पालना गर्दै दिनको १ बजे विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको सम्बद्ध स्रोतले जनाएको छ ।
२१ राजनीतिक संगठनहरुले एम.सी.सी.को खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गर्दै विरोध प्रदर्शनको आयोजना गरिएको जनाएका छन् ।
२१ राजनीतिक संगठनहरुको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले असोज २५ गते एक सार्वजनिक वक्तव्य जारी गर्दै विरोध कार्यक्रम गर्ने घोषणा गरेका थिए । जारी वक्तव्यमा के।पी। ओली नेतृत्व सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनको पक्षमा लामबद्ध हुँदै गएको पाइएको ठहर गरिएको थियो । यसका निमित्त फेरि अर्को जनआन्दोलनको आवश्यकता पनि सर्वत्र महशुस भइरहेको निष्कर्ष निकाल्दै केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरुलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने ठेगान गरिएको जनाइएको थियो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायत विषयमा कार्यगत एकता गर्दै आएका पार्टी तथा संगठनहरुमा १. नेकपा ‘मसाल’ २. नेकपा ‘क्रान्तिकारी माओवादी’, ३. नेकपा ‘माले’, ४. राष्ट्रिय जनमोर्चा, नेपाल, ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा ‘माओवादी केन्द्र’, ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०.नेकपा ‘संयुक्त’, ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा ‘बोल्शेविक’, १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६.पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी ‘माओवादी’, १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा ‘माक्र्सवादी’, २०. नेकपा माक्र्सवादी ‘पुष्पलाल’ र २१. ने.क.पा. ‘माओवादी’ रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार