कोरोनाले काभ्रेमा थप एक वृद्धाको मृत्यु
नेपालबहस संवाददाता
असोज २८, २०७७ बिहिबार १:४०:१२
२८ असोज, काभ्रेपलाञ्चोक । कोरोना संक्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
जिल्लामा कोरोना भाइरस् संक्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० संक्रमित थपिएका छन् । पोष्टका अनुसार मंगलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना संक्रमण देखियो । आजसम्म संक्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष संक्रमितत हुन् । कूल सक्रिय संक्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् । नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष संक्रमित छन् ।
यस्तै, कुल सक्रिय संक्रमिततमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन संक्रमित छन् । काभ्रेको १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् ।
जिल्लामा महिलाभन्दा तेब्बर सङ्ख्या हाराहारिमा पुरुषमा कोरोना संक्रमण देखिँदै आएको छ । कुल संक्रमितमध्ये ६१ प्रतिशत पुरुषमा संक्रमण देखिएको पोष्टले जनाएको छ । संक्रमितमध्ये २१७ महिला तथा ४१२ पुरुषमा सङ्क्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा।नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल संक्रमिततमध्ये हालसम्म ५४ प्रतिशत अर्थात् ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।
“काभे्रमा केही दिनदेखि सरदर दैनिक ४० जनामा सङक्रमण देखिएको छ, त्यसमध्ये बनेपामा अधिक देखिन्छ”, डा।झाले भने । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये ३५ महिला र ८८ पुरुष अस्पताल आइसोलेशन र १५९ महिला र २१५ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । यसैबीच, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जूलाई कोरोना संक्रमण भएको छ । नगर स्वास्थ्य शाखा संयोजक सन्दिप केसीका अनुसार जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको पीसीआर परीक्षणमा ब्याञ्जूलाई आज कोरोना संक्रमण पुष्टी भएको हो । उहाँले आज सामाजिक सञ्जालमार्फत आफुसहित परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टी भएकोसमेत जानकारी गराए ।
ब्याञ्जूलगायत धुलिखेल नगर कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजैदेखि नगरको अत्यावश्यकबाहेक आउँदो ५ गतेसम्म अन्य सेवा बन्द गरिएको छ । साथै, नगरद्वारा जारी सूचनामा नगरका केही जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी नतिजा नआएसम्मका लागि वडा कार्यालयबाटसमेत प्रदान गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार