भ्रष्टाचारको प्रमाण नदेखाउने बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्नुपर्छ : लोहनी
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १५:२७:६
२९ असोज, काठमाडौं । भ्रष्टाचार गरेको प्रमाण छ भन्ने तर प्रमाणित गर्न नसक्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्नुपर्ने राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।
नेपालकै शीर्ष नेता नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको आरोप लागेपछि कि त यो विषयमा थप अनुसन्धान गर्नुपर्ने र नभए बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्नुपर्ने लोहनीको तर्क छ ।
‘डा. बाबुरामले नेपालका ठूला नेताहरुलाई भ्रस्टाचारको आरोप लगाउनु गम्भीर कुरो हो । अब यसको उपचारको लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आट देखाउनु जरुरी छ’ लोहनील्े फेसबुकमा लेख्नै यस्तो भनेका हुन् ।
बुढीगण्डकी आयोजनामा ओली, प्रचण्ड र देउवाले भ्रष्टाचार गरेको र प्रमाण आफसँग रहेको बताएपछि बाबुरामको आलोचना चुलिएको छ । नेकपा र कांग्रेसले बाबुरामको आरोपको खण्डन गर्दै प्रमाण भए देखाउन वा अख्तियारमा बुझाउन पनि चुनौति दिइसकेका छन् । तर त्यसपछि बाबुरामले तार्किक जवाफ दिन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार